२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्यसम्पन्न



अ+ अ-

काठमाडौँ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको सङ्गठन तथा व्यवस्थापनको कार्य सम्पन्न भएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीका अनुसार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट सङ्घीय पुलअन्तर्गत नयाँ थप ९७७ दरबन्दी स्वीकृत भएको जानकारी दिनुभयो ।

अहिले मन्त्रालयअन्तर्गत ८३१ दरबन्दी रहेका छन् । थप गरिएका नयाँ दरबन्दीसँगै मन्त्रालयमा अब एक हजार ८०८ दरबन्दी कायम गरिएको उहाँले बताउनुभयो । उहाँले प्राप्त भएका यी स्वीकृत दरबन्दीमा अब छिट्टै लोकसेवा आयोगबाट चरणबद्ध रुपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिने जानकारी दिनुभयो ।

सहप्रवक्ता डा अधिकारीअनुसार थप गरिएका नयाँ दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकको दरबन्दीमा उल्लेखनीय वृद्धि गरिएको छ ।

सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीको हकमा प्रदेश र स्थानीय तहमा निकट भविष्यमै ठूलो सङ्ख्यामा दरबन्दी खुल्ने उहाँको भनाइ छ ।  रासस