२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामञ्जुश्री कप बास्केटबलमा ७२ टिम



अ+ अ-

काठमाडौं। महामञ्जुश्री माविको आयोजनामा दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने  भएको छ ।

प्रतियोगितामा विभिन्न ३ विधामा ४४ विद्यालयका ७२ टिमको सहभागिता रहने महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा ३२ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान २०–२० टिमको सहभागिता निश्चित भएको महामञ्जुश्रीका बास्केटबल प्रशिक्षक शैलेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिता सञ्चालन गर्न करिब २ लाख रुपैयाँ खर्च हुने महामञ्जुश्रीकी प्रिन्सिपल एवं प्रतियोगिता संयोजक हेमलता चाम्लिङले बताइन् । सिनियर ब्वाइजमा विल्सन एकेडेमी, जुनियर ब्वाइजमा ग्रिनफिल्ड र सिनियर गल्र्समा चाँदबाग साविक विजेता हुन् ।

पत्रकार सम्मेलनमा प्रिन्सिपल मरासिनीले विद्यालयबीचको आन्तरिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै प्रतिभावन खेलाडीको पहिचान गर्न प्रतियोगिता महत्वपूर्ण सावित हुने बताए ।

तीनदिने प्रतियोगिताका खेलहरु नागर्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजककै कोर्टमा खेलाइने छ ।