२० असार २०८३, शनिबार
,
Latest
शिक्षक महासङ्घको काठमाडौँ जिल्ला समिति विस्तार राष्ट्रियसभाको बैठक सुरु पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा सरकारको १०० दिनः सुशासन, पारदर्शिता र सेवा प्रवाहमा उल्लेखनीय सुधार अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्री वाग्लेद्वारा राष्ट्रपतिलाई बजेटबारे जानकारी



अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराउनु भएको छ ।

बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शीतल निवास पुगेर उहाँले आर्थिक वर्ष २०८३–८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराउनु भएको हाे ।

भेटमा अर्थमन्त्री डा.वाग्लेले संसदमा पेस गरेको आर्थिक सर्वेक्षण २०८२–८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गर्नुभयो ।

अर्थमन्त्री डा। वाग्लेले भोलि जेठ १५ गते शुक्रबार अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३–८४ को बजेट प्रस्तुत गर्दै छन् । बजेट निर्माण प्रक्रिया लगभग अन्तिम चरणमा पुगेको छ।