२७ भाद्र २०८३, शनिबार
,
Latest
अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने भारतद्वारा नेपाललाई पुल सहयोग ‘मधेसलाई अधिकार सम्पन्न बनाउन सडक संघर्ष आवश्यक छ’–उपेन्द्र यादव धोबीखोलामा जलसतह बढ्दो, सतर्क रहन आग्रह अमेरिकी नागरिकसहित बाढीपीडितको पहिचानका लागि नेपाल प्रहरीलाई अमेरिकाले १० लाख डलर सहयोग गर्ने ‘अधिकारका लागि निर्णायक आन्दोलन गर्न तयार हुनुपर्छ’–सिके राउत
तपाईं के खोज्दै हुनुहुन्छ ?

खच्चामा सडक खण्ड अवरुद्ध



अ+ अ-

हम्ला। कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत सर्केगार्ड गाउँपालिका– १ को खच्चामा सडक अवरुद्ध भएको छ ।

बुधबार सडक माथिबाट आएको सुक्खा पहिरोको कारण सडक अवरुद्ध हुँदा यातायात सेवा बन्द भएको हो ।

माथिबाट खसेको सुक्खा पहिरोको कारण खच्चा सडक अवरुद्ध रहेको प्रहरीले जनाएको छ । दश मिटरमाथिबाट आएको सुक्खा पहिरोले सडक पुरेको तथा सो पुरेको माटो र ढुङ्गा पन्छाउने कार्य हुन नसकेको कारण यतिबेलासम्म सडक अवरुद्ध रहेको हो ।

पहरो खसेको केही समयपछि उपकरण ल्याउँदा त्यसले पहिरो पन्छाउन नसकेको कारण अहिले ठूला उपकरणको खोजीकार्य भइरहेको छ । उपकरण प्राप्त भएपछि सुक्खा पहिरो पन्छाएर सडक खोलिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर खड्काले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा यसबाट माथिल्लो हुम्लाका पाँच गाउँपालिका आउने यातायातका साधन खच्चामा रोकिएका छन् । यातायातका साधन पनि खच्चा र सर्केगार्डमा रोकिएका छन् । पटकपटक उक्त स्थानमा सुक्खा पहिरो खस्दै आएको छ । रासस