७ श्रावण २०८३, बिहीबार
,
Latest
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा प्रधानमन्त्री शाह नेपाल अग्र्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्नुहुँदै फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।

राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ५२ रुपैयाँ ८१ पैसा र बिक्रीदर  एक सय ५३ रुपैयाँ ४१ पैसा कायम भएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ७७ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ५४ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर दुई सय पाँच रुपैयाँ ३२ पैसा र बिक्रीदर दुई सय छ रुपैयाँ १२ पैसा तथा स्वीस फ्राङ्क एकको खरिददर एक सय ९४ रुपैयाँ ३२ र बिक्रीदर एक सय ९५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर एक सय आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय नौ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर एक सय १० रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय १० रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय १९ रुपैयाँ ६० पैसा र बिक्रीदर एक सय २० रुपैयाँ ०७ पैसा कायम गरिएको छ ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७२ पैसा तथा साउदी अरेबियन रियाल एकको खरिददर  ४० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४० रुपैयाँ ८८ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४२ रुपैयाँ १० पैसा, थाई भाट एकको खरिददर चार रुपैयाँ ६९ पैसा र बिक्रीदर चार रुपैयाँ ७० पैसा तथा यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७७ पैसा तोकिएको छ ।

मलेसियन रिङ्गिट एकको खरिददर ३८ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, दक्षिण कोरियाली वन एक सयको खरिददर १० रुपैया २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६ रुपैयाँ ५५ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ८० पैसा र बिक्रीदर २३ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ९५ रुपैयाँ २४ पैसा र बिक्रीदर पाँच सय २०, बहराइन दिनार एकको खरिददर चार सय पाँच रुपैयाँ ३३ पैसा र बिक्रीदर चार सय छ रुपैयाँ ९२ पैसा तथा ओमानी रियाल एकको खरिददर तीन सय ९६ रुपैयाँ ९० पैसा र बिक्रीदर तीन सय ९८ रुपैयाँ ४६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । रासस