काठमाडौं । विवेकशील साझा पार्टीको नेता रन्जु दर्शनाले पार्टी परित्याग गर्नुभएको छ । दर्शनाले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिकरूपमा सक्रिय रहने जनाउनु भएको छ ।
विज्ञप्तिमा दर्शनाले राजनीतिमा सके सफा गर्ने, नसके फोहोर नगर्ने भनेर प्रवेश गरेकी दर्शनाले आफू संलग्न पार्टीले नै वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेपछि परित्याग गरेको जनाउनु भएको छ ।
दर्शना तत्कालीन विवेकशील नेपाली दलको संस्थापक सदस्य समेत हुनुहुन्छ । उहाँ स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार समेत बन्नु भएको थियाे ।