• १९ जेष्ठ २०८१, शनिबार
  •      Sat Jun 1 2024
  •   Unicode
Logo

कांग्रेसबाट कास्की २ मा पौडेलको उम्मेदवारी दर्ता



पोखरा । नेपाली कांग्रेसका खेमराज पौडेलले कास्की २ मा हुने उपचुनावका लागि उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका हुन्।

पार्टी नेताहरुसहित निर्वाचन कार्यालय पुगेका ७५ वर्षीय पौडेलले धनराज गुरुङ, देवराज चालिसे लगायतका नेतालाई पछि पार्दै टिकट पाएका हुन् ।

झण्डै ६ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय उनले यसअघि कहिल्यै सांसदको टिकट पाएका थिएनन् ।