
काठमाडौंं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले भारतीय दूतावासअगाडि ‘गो ब्याक इन्डिया’ भन्दै विरोध प्रदर्शन गरेको छ। भारतको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक परेपछि नेविसंघले बिहीबार लैनचौरस्थित भारतीय दूतावासअघि विरोध प्रदर्शन गरेको हो।

यसअघि नेविसंघले नै त्रिचन्द्र क्याम्पसअगाडि भारतीय सीमा अतिक्रमणको विरुद्ध प्रदर्शन गरेको थियो।