२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
बालबालिकाका लागि बालमैत्री खेलको वातावरण निर्माण गर्न अनुरोध एउटै बस्तीबाट दैनिक आठ सय लिटर दूध उत्पादन मनाङ, फेरिचे र सगरमाथा आधार शिविरमा एक हजार ३६२ बिरामीको उपचार भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेटमा ठूला आयोजनालाई प्राथमिकता दिन सांसद कार्कीको माग



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सांसद प्रकाश सिंह कार्कीले आगामी आर्थिक वर्षको बजेटले मुलुकभरका नागरिकको भावना समेट्ने र ठूला पूर्वाधार निर्माणमा केन्द्रित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बुधवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले स–साना आयोजनाभन्दा राष्ट्रिय आवश्यकताका ठूला आयोजनामा सरकारले लगानी बढाउनुपर्नेमा जोड दिनुभएको हो । सांसद कार्कीले सोलुखुम्बुमा रणनीतिक महत्वका तीनवटा सडक र तीनवटा पुल निर्माणका लागि सरकारलाई सिफारिस गरेको जानकारी दिनुभयो ।

पर्यटकीय क्षेत्र नाम्चेमा ४ सयदेखि ५ सय जना क्षमताको सभाहल र पर्यटक सूचना केन्द्र (टुरिस्ट इन्फर्मेसन सेन्टर) स्थापनाका लागि आफूले विशेष पहल गरेको उहाँको भनाइ छ । सोलुखुम्बुलाई विकासका दृष्टिले ‘पूर्वको कर्णाली’ को संज्ञा दिँदै उहाँले विश्वकै ध्यानाकर्षण हुने पर्यटकीय क्षेत्र भएर पनि यहाँ आधारभूत पूर्वाधारको अभाव रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सोलुखुम्बुलाई विश्वले नै हेर्ने गर्दछ, तर यहाँ अझै पनि टेलिफोन, विद्युत्, सडक र खानेपानीजस्ता आधारभुत सुविधाहरूको राम्रो व्यवस्था हुन सकेको छैन ।’

उहाँले यी समस्याहरू समाधानका लागि सरकारसमक्ष माग राखेको र यस पटकको बजेट विनियोजनमा कुनै पनि प्रकारको पक्षपात नहुनेमा आफू आशावादी रहेको बताउनु भयो । सरकारले आवश्यकता र प्राथमिकताका आधारमा सन्तुलित बजेट ल्याउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो ।