२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिउँदै जलाउनेदेखि आगजनीसम्मका घटनाले संविधान प्रदत्त अधिकार हनन भएकाे आयोगको निष्कर्ष



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले भदौ २३ र २४ गते देशव्यापी रूपमा भएका घटनाका सम्बन्धमा तयार पारेको अनुसन्धान समितिको प्रतिवेदनमा व्यापक भौतिक क्षति हुनुका साथै आपराधिक उद्देश्यका साथ हिंसात्मक गतिविधि भएको निष्कर्ष निकालेको छ ।

प्रतिवेदनमा राजनीतिक आस्थाका आधारमा राजनीतिक दलका पदाधिकारी, महिला, जेष्ठ नागरिक, राजनीतिकर्मी तथा उनीहरूका परिवारका सदस्यहरूलाई लक्षित गरी साङ्घातिक आक्रमण, जिउँदै जलाउने प्रयास, निजी सम्पत्तिमा तोडफोड तथा आगजनी जस्ता गम्भीर घटनाहरू भएको उल्लेख गरिएको छ । यस्ता घटनाबाट नागरिक तथा राजनीतिक अधिकार कुण्ठित हुनुका साथै संविधान प्रदत्त सम्मानपूर्वक बाँच्न पाउने हक, स्वतन्त्रता, समानता, सम्पत्ति र जेष्ठ नागरिकका अधिकारसमेत हनन भएको आयोगले जनाएको छ ।

त्यसैगरी, राष्ट्रिय सम्पदा, सङ्घीय संसद्, कार्यपालिका र न्यायपालिका, नेपाल बार एसोसिएसनलगायत पेशागत संघसंस्था, व्यवसायिक प्रतिष्ठान, राजनीतिक दलका कार्यालय तथा विभिन्न तहका सरकारी कार्यालय र सवारी साधनमा समेत आक्रमण, आगजनी र तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोगले यी घटनामा संलग्न व्यक्तिहरूविरुद्ध परेको जाहेरीका आधारमा कानुनी कारबाही प्रक्रिया अघि बढाई पीडितको न्याय पाउने अधिकार सुनिश्चित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।