११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढ्यो



अ+ अ-

काठमाडाैँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै पाँच अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ९९ अङ्कले बढेर दुई हजार ७८२ दशमलव १० मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव २१ अङ्कले उकालो लागेर ४७५ दशमलव ५१ मा पुगेको छ ।

कारोबार भएकामध्ये १५१ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १०५ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै, १४ कम्पनीको भने कुनै परिवर्तन भएको छैन । नेप्सेका अनुसार, कूल ३५४ कम्पनीको एक करोड ५२ लाख ४९ हजार ७१२ कित्ता शेयर रु छ अर्ब तीन करोड ६४ हजार ८४० मूल्यमा खरिद बिक्री भएको छ ।

कारोबारका आधारमा आँखु खोला जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, अपि पावर कम्पनी र ङ्यादी ग्रुप पावर शीर्ष स्थानमा छन् ।

यस्तै, कालीञ्चोक हाइड्रोपावर, बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, आँखु खोला जलविद्युत् कम्पनी र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडका लगानीकर्ताले कमाएका छन् । त्यस्तै, सानिमा डिवेञ्चर, मञ्जुश्री फाइनान्स लिमिटेड, माछापुच्छे« बैंकको डिवेञ्चर, सिर्जनशिल लघुवित्त र प्राइम डिवेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।