६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

उद्योग दर्ता १२ प्रतिशतले वृद्धि, स्वीकृत लगानी ३७ खर्ब नाघ्यो

उद्योग दर्ता १२ प्रतिशतले वृद्धि, स्वीकृत लगानी ३७ खर्ब नाघ्यो
अ+ अ-

काठमाडाैँ । मुलुकमा औद्योगिक तथा लगानीमैत्री वातावरण अभिवृद्धि हुँदै गएपछि उद्योग दर्ता करिब १२ प्रतिशतले बृद्धि भएको छ । विसं २०८१ फागुनसम्म नौ हजार ९६३ उद्योग दर्ता भएकामा २०८२ को सोही अवधिमा ११ हजार १४० वटा उद्योग दर्ता भएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२÷८३ को आर्थिक सर्वेक्षणअनुसार ठूला, मझौला र साना उद्योगको हिस्सा क्रमशः १३.९, २०.० र ६६.१ प्रतिशत रहेको छ ।

विसं २०८२ असारसम्म उद्योग विभागमा दर्ता भएको उद्योगको स्वीकृत लगानी रु ३३ खर्ब ३७ अर्ब ८० करोड रहेकामा चालु आवको फागुनसम्म रु तीन खर्ब ८९ अर्ब ७४ करोड थप लगानी स्वीकृत भएको छ । सो अवधिसम्म रु ३७ खर्ब २७ अर्ब ५४ करोड उद्योगका लागि लगानी स्वीकृत भएको छ ।

चालु आवको फागुन मसान्तसम्म ९२१ नयाँ उद्योग दर्ता भएका छन् । यस्ता उद्योगको सञ्चालनबाट ३९ हजार ५४६ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ । गत आवको सोही अवधिमा ४३८ उद्योगको रु एक खर्ब ७१ अर्ब ३६ करोड लगानी स्वीकृत भई २३ हजार ६४ प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान थियो ।

गत फागुनसम्म दर्ता भएका उद्योगको सङ्ख्याका आधारमा सबैभन्दा बढी हिस्सा उत्पादनमुलक उद्योगको रहेको छ । ३३ दशमलव ३ प्रतिशत उत्पादनमुलक उद्योग दर्ता हुँदा सबैभन्दा कम ० दशमलव ७ प्रतिशत पूर्वाधार क्षेत्रका उद्योग रहेका छन् । दर्ता भएको उद्योगमध्ये सेवामूलक उद्योग २३.९ प्रतिशत, पर्यटन उद्योग २३.५ र अन्य उद्योगको हिस्सा १९.३ रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

गत फागुनसम्म तीन हजार ७१५ उत्पादनमुलक, दुई हजार ६५८ सेवामूलक, दुई हजार ६१३ पर्यटन, ६२७ ऊर्जामुलक, ५८१ कृषि तथा वन पैदावरमा आधारित, ७७० सूचना प्रविधिमा अधारित, ९९ खरिज र ७७ उद्योग पूर्वाधार क्षेत्रका उद्योग दर्ता भएका छन् । चालु आवको फागुन मसान्तसम्म ऊर्जामूलक उद्योगमा सबैभन्दा बढी ५५.१ प्रतिशत लगानी स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा यस्तो स्वीकृति १९.५ प्रतिशत छ भने सबैभन्दा कम खनिज उद्योगमा ०.३ प्रतिशत मात्रै रहेको छ ।