११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढी : जलविद्युत आयोजनाका २०० भन्दा बढी सम्पर्कविहीन, उद्धारको पर्खाइमा बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापा आफैँ खटिए, उद्धारदेखि पुनःस्थापनासम्म सरकारको साथ रहने प्रतिबद्धता बाढीपीडितका लागि भारतबाट नेपाल आयो थप ३७.५ टन राहत सामग्री नाडाद्वारा बाढीपीडितको राहतका लागि १० लाख रुपैयाँ सहयोग, नाडा अटो शो निरन्तर सञ्चालन हुने तीन जिल्लामा साढे दुई करोड नगद सहयोग विपद्को समयमा आपतकालीन स्वास्थ्य प्रतिकार्यका लागि फोकल पर्सन तोकिए त्रिशूलीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध, सडक खुलाउने प्रयास जारी (तस्बिरसहित) छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सङ्घीय लोकतान्त्रिक गणतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि एकता आवश्यकः पम्फा भुसाल



अ+ अ-

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, संविधान र प्रेस स्वतन्त्रताको रक्षाका लागि परिवर्तनकारी शक्तिहरूबीच पुनः एकता आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियनको स्थापना दिवस तथा विधान अधिवेशनका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वर्तमान राजनीतिक परिस्थितिमा लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथि चुनौती थपिएको उल्लेख गर्नुभएको हो ।

नेतृ भुसालले ऐतिहासिक आन्दोलनहरूमा पत्रकार जगतले निर्वाह गरेको भुमिकाको चर्चा गर्दै प्रेस स्वतन्त्रता कुनै दल विशेषको मात्र नभई नागरिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ भएको बताउनु भयो । उहाँले पछिल्लो समय राज्यका तर्फबाट प्रेस स्वतन्त्रता र नागरिक अधिकार कटौती गर्ने प्रयास भइरहेको आरोप लगाउनु भयो ।

मिडियालाई लोककल्याणकारी विज्ञापनबाट वञ्चित गर्ने र सङ्कुचित पार्ने कार्य भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले यसलाई ‘प्रति–क्रान्तिको चुनौती’ को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली जनताले पटक–पटक गरेका आन्दोलन र बलिदानकै जगमा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेका हौँ । यस उपलब्धिमा प्रेस युनियनलगायत सङ्घसंस्थाहरूको योगदान अतुलनीय छ । हिजोको निरङ्कुश पञ्चायती व्यवस्थामा जस्तो सेन्सरसिप नभए पनि अहिले फरक प्रकृतिको त्रासको स्थिति सिर्जना गर्न खोजिएको छ । विज्ञापन रोकेर प्रेसलाई आर्थिक रूपमा कमजोर बनाउनु त्यसकै एउटा कडी हो ।’

सूचना प्रविधिको विकाससँगै पत्रकारितामा अल्गोरिदम र डिपफेक जस्ता प्राविधिक चुनौती थपिएको उल्लेख गर्दै नेत्री भुसालले यस्ता समस्याको सामना गर्न प्रेस जगत थप जिम्मेवार र व्यावसायिक हुनुपर्नेमा जोड दिनुभयो । साथै, पत्रकारहरूको पेसागत सुरक्षा, श्रमको सम्मान र व्यावसायिक हितका लागि नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारीलगायतका सबै सङ्गठनहरूले साझा एजेण्डामा सहकार्य गर्नुपर्ने उहाँको धारणा छ ।

नेतृ भुसालले १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताका पक्षधर शक्तिहरू फेरि एक ठाउँमा उभिएर प्राप्त उपलब्धिहरूको रक्षा गर्नुपर्ने बेला आएको बताउनु भयो । प्रेस युनियनको विधान अधिवेशनले समयसापेक्ष नीति निर्माण गर्दै देश र लोकतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।