९ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि अनुदानमा लक्ष्यअनुसार खर्च कमजोर, फागुनसम्म ६४.९ प्रतिशत मात्र खर्च



अ+ अ-

काठमाडाैँ । चालू आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारले कृषि अनुदान शीर्षकमा विनियोजन गरेको रकममध्ये फागुनसम्म ६४.९ प्रतिशत खर्च भएको छ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गर्नुभएको सर्वेक्षणअनुसार यस वर्ष कृषि अनुदानका लागि विनियोजित रु. ३७ अर्ब ३१ करोडमध्ये रु. २४ अर्ब २२ करोड खर्च भएको हो।

त्यसैगरी, आर्थिक वर्ष २०८१/८२ मा कृषि अनुदानका लागि विनियोजन गरिएको रु. ३६ अर्ब १५ करोड ३९ लाखमध्ये रु. ३२ अर्ब १३ करोड ७९ लाख खर्च भएको थियो, जुन ८८.९ प्रतिशत हो।

सर्वेक्षणमा कृषि क्षेत्रमा विनियोजित अनुदानको खर्च अवस्था तथा यसको वार्षिक प्रगति विवरण सार्वजनिक गरिएको उल्लेख छ।