४ असार २०८३, बिहीबार
,
Latest
राप्रपाको महाधिवेशन मंसिर २६–२८ मा, कार्यतालिका पारित सहकारी क्षेत्रमा कडाई बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन सडक दुर्घटना न्यूनीकरणका लागि विशेष योजना आवश्यकः मुख्यमन्त्री आचार्य अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन नियुक्ति गर्दा विस्तृत विवरण अनिवार्य काठमाडौं महानगरको आगामी आवको बजेट २५ अर्ब ८८ करोड, पूर्वाधार विकासलाई उच्च प्राथमिकता (पूर्णपाठ) औद्योगिक क्षेत्रको महसुल विवाद निरुपण नहुँदासम्म विद्युत् लाइन नकाट्न उद्योग परिसङ्घकाे आग्रह शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रेस युनियनको स्थापना दिवस आजः विधान महाधिवेशन हुँदै



अ+ अ-

काठमाडाैँ । नेपाल प्रेस युनियनले ३५औँ स्थापना दिवसका अवसरमा बुधबारदेखि काठमाडौँमा विधान महाधिवेशन सुरु भएको छ । नेपाल प्रेस युनियन लोकतन्त्रवादी पत्रकारको साझा सङ्गठन हो ।

विधान महाधिवेशनको उद्घाटन प्रथम राष्ट्रपति डा रामवरण यादवले गर्ने तय भएको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिनुभयो विधान महाधिवेशनका लागि देशभरका सबै शाखाबाट अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा तोकिएबमोजिमका प्रतिनिधिहरू काठमाडौँ आइपुगेको युनियनका उपाध्यक्ष जीवन भण्डारीले जानकारी दिनुभयो ।

विसं २०४८ साल जेठ १३ गते श्रमजीवी पत्रकारको हकहित संरक्षणका लागि ट्रेड युनियन आन्दोलनकै उपजका रूपमा नेपाल प्रेस युनियनको स्थापना भएको थियो । नेपालका सञ्चारकर्मीलाई सङ्गठित गरी श्रमजीवी पत्रकारहरूको पक्षमा वकालत गर्दै आएको युनियन अन्तरराष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

युनियनको पहिलो तथा तदर्थ समितिको संयोजक पूर्वमन्त्री तथा तत्कालीन पत्रकार जेपी गुप्ता हुनुहुन्थ्यो ।

युनियनको नेतृत्व हालसम्म हरि अधिकारी, रमेश तूफान, तारा बराल, कुलचन्द्र वाग्ले, मुरारीकुमार शर्मा, समीरजङ्ग शाह, किरण पोखरेल र बद्री सिग्देलले गरिसक्नुभएको छ । युनियनले श्रमजीवी पत्रकारहरूको हकअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्र तथा मिडियामैत्री नीतिगत व्यवस्थाका लागि नेतृत्वदायी भूमिका खेल्दै आएको महासचिव दिलीप पौडेलले जानकारी दिनुभयो ।




भर्खरै