३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आर्थिक सर्वेक्षण २०८२/८३ संसदमा प्रस्तुत: यस्तो छ मुलुकको अर्थतन्त्र- पूर्णपाठ

आर्थिक सर्वेक्षण २०८२/८३ संसदमा प्रस्तुत: यस्तो छ मुलुकको अर्थतन्त्र- पूर्णपाठ
अ+ अ-

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि आर्थिक अवस्थाको समग्र चित्र सार्वजनिक गर्दै आर्थिक सर्वेक्षण २०८२/८३ संघीय संसदमा पेश गरेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार आगामी आर्थिक वर्षको राजस्व र व्यय अनुमान प्रस्तुत गर्नुअघि चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण संसदमा पेश गर्नुपर्ने व्यवस्था अनुरूप उक्त सर्वेक्षण सार्वजनिक गरिएको हो।

आर्थिक सर्वेक्षणमा संघीय तथा प्रादेशिक मन्त्रालय, संवैधानिक निकाय, नेपाल राष्ट्र बैंक, सार्वजनिक संस्थान, वित्तीय संस्था, अन्तर्राष्ट्रिय संघसंस्था तथा विकास साझेदारहरूले उपलब्ध गराएका तथ्यांक, विवरण र सूचनालाई मुख्य आधार बनाइएको छ।

सर्वेक्षणमा गत आर्थिक वर्षको पूर्ण अवधिका साथै चालु आर्थिक वर्षको फागुनसम्मको प्रारम्भिक तथ्यांकका आधारमा वास्तविक क्षेत्र, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय क्षेत्र र बाह्य क्षेत्रका उपलब्धि तथा अवस्थाको विश्लेषण गरिएको छ। केही सूचक तथा तथ्यांक वैशाखसम्मको अवधिलाई समेत समेटिएको जनाइएको छ।

सरकारले सार्वजनिक वित्त व्यवस्थापनतर्फ संघीय एकीकृत राजस्व, आय तथा प्राप्ति, खर्च, राजस्व बाँडफाँट, अनुदान हस्तान्तरण तथा समग्र सञ्चित कोषको अवस्थालाई समेत समेटेर तुलनात्मक वित्तीय सूचकहरूलाई थप व्यवस्थित रूपमा प्रस्तुत गरेको जनाएको छ।

यसपटकको आर्थिक सर्वेक्षणमा तथ्यांकलाई थप स्पष्ट र सहज बनाउन तालिका, चार्ट र विशेष मञ्जुषा बक्सहरूको प्रयोग गरिएको छ। साथै चालु आर्थिक वर्षसहित विगत १० वर्षका प्रमुख आर्थिक सूचक समावेश गरी समष्टिगत आर्थिक परिदृश्यलाई समेत समेटिएको छ। दीर्घकालीन प्रवृत्ति विश्लेषणका लागि टाइम सिरिज डाटा अनुसूचीमा राखिएको छ।

सरकारले तथ्यांकको आधार विस्तार गर्ने क्रममा केही नयाँ सूचक थप गरिएको र नियमित रूपमा अद्यावधिक गर्न कठिन हुने केही सूचक हटाइएको जानकारी दिएको छ। यसअघि प्रकाशित प्रारम्भिक तथा अनुमानित तथ्यांकलाई पनि अद्यावधिक गरिएको उल्लेख गरिएको छ।

नेपाल सरकारको कार्यविभाजन नियमावली, २०८३ अनुसार संघीय मन्त्रालयहरूको पुनर्संरचना भए पनि आर्थिक सर्वेक्षणमा प्रयोग गरिएका अधिकांश तथ्यांक २०८२ फागुनसम्मका भएकाले स्रोतका रूपमा साविककै मन्त्रालयहरूको नाम प्रयोग गरिएको जनाइएको छ।

अर्थ मन्त्रालयले आर्थिक सर्वेक्षणलाई यथासम्भव त्रुटिरहित र विश्वसनीय बनाउने प्रयास गरिएको उल्लेख गर्दै तथ्यांक, सूचना तथा विषयवस्तुसम्बन्धी सुझाव वा प्रतिक्रिया भए मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाको इमेलमार्फत पठाउन आग्रह गरेको छ।