६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न सकिएन, मौज्दात मलले असारसम्म मात्रै पुग्छः पोखरेल

बजेट अभावका कारण पर्याप्त मल खरिद गर्न सकिएन, मौज्दात मलले असारसम्म मात्रै पुग्छः पोखरेल
अ+ अ-

काठमाडाैँ । कृषि सामग्री कम्पनी लिमिटेडका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले पर्याप्त बजेट नहुँदा रासायनिक मल खरिद गर्न नसकेको बताउनुभएको छ ।

बुधवार बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । सरकारले मल खरिदको लागी पर्याप्त बजेट नछुट्याए आगामी वर्ष मलको संकट उत्पन्न हुने चेतावनी समेत दिनुभयो । उहाँले चालु आर्थिक वर्षमा बजेट अभावकै कारण पर्याप्त मल खरिद गर्न नसकिएको बताउनु भयो ।

उहाँकाअनुसार सरकारले कुल २८ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको थियो । त्यसमा कम्पनीले २० अर्ब १७ करोड ४० लाख रुपैयाँ प्राप्त गरेको र सो बजेटले ३ लाख ५९ हजार १०० मेट्रिक टन मल खरिद गरिएको जानकारी दिनुभयो ।

५ लाख ५० हजार मेट्रिक टन खरिद गर्ने योजना बनाइएपनि अन्तर्राष्ट्रिय बजारमा मूल्य आकासिएपछि किन्न नसकिएको उहाँको भनाई छ । उहाँकाअनुसार कम्पनीसँग हाल १ लाख ५ हजार २४१ मेट्रिक टन मौज्दात रहेको छ । उक्त मलले असार अन्त्य वा साउन पहिलो सातासम्म मात्रै धान्ने अवस्था रहेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो १९ अर्ब ५३ करोड बजेट खर्च भइसकेको छ । हामीलाई मल किन्नलाई बजेट भएन र हामीले थप टेण्डरहरू गर्न सकेनौँ । त्यो मध्ये ३ लाख ५९ हजार मलमध्ये ३ लाख ७ हजार हाम्रो मल हामीले खरिद योजना अनुसार कार्यक्रम गरेका थियौँ । त्यो मध्ये ३ लाख ६ हजार ८४९.८५० मेट्रिक टन हाम्रो मलखाद यो वर्ष प्राप्त भइसकेको छ । अहिलेसम्म रासायनिक मलको बिक्री ३ लाख ३६ हजार ८९९.२० मेट्रिक टन गरेका छौँ । अहिले मौज्दात हामीसँग ११ गतेसम्मको मौज्दातको अवस्था १ लाख ५ हजार २४१ मेट्रिक टन त्यो मौज्दातमा छ । यो यही जेठ असारमा हामीले बिक्री गर्ने भनेर राखेका छौँ, हरेक दिन हरेक दिन विक्री भइरहेको अवस्था छ । अब यो मल धेरैजसो यो असार अन्तिम र साउनको बढीमा पहिलो हप्तासम्म जान्छ होला, त्यसपछि यो मल सकिने अवस्था हुन्छ ।’

उहाँले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीले हालसम्म २ लाख १० हजार मेट्रिक टन मल खरिदका लागि बोलपत्र आह्वान गरिसकेको उहाँले जानकारी दिनुभयो । तर इजरायल–इरान तनाव र मध्यपूर्व संकटका कारण अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य प्रतिमेट्रिक टन ५९० डलरबाट बढेर १ हजार डलरसम्म पुगेको तथा डीएपीको मूल्य ११०० डलर नाघेकाले आपूर्ति अनिश्चित बनेको उहाँको भनाई छ । उहाँले भारत सरकारको सरकारी कम्पनी राष्ट्रिय केमिकल्स एण्ड फर्टिलाइजर्स लिमिटेडसँग जीटुजी प्रक्रियामार्फत ५० हजार मेट्रिक टन मल खरिद प्रक्रिया अघि बढाइएको पनि जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आ.ब. ८३/८४ लाई हामीले खरिद प्रक्रिया के गरेका छौँ । हामीले गत पुसमा ३० हजार टन युरिया र ३० हजार मेट्रिक टन डी.ए.पी.को टेण्डर निकालेका थियौँ । त्यसैगरी माघमा अर्को टेण्डर युरिया १ लाख २० हजार र डी.ए.पी. ९० हजार गरी २ लाख १० हजार मेट्रिक टनको हामीले बोलपत्र आह्वान गरिसकेका छौँ । त्यो मध्ये ६० हजार मेट्रिक टन युरिया र ६० हजार मेट्रिक टन डी.ए.पी सम्झौता भइसकेको छ । फेब्रुअरी २८ देखि इरानमाथि इजरायल र अमेरिकाको जुन आक्रमण सुरु भयो, त्यसले गर्दा समग्र मध्यपूर्व देशहरूमा पनि एउटा युद्धको शृङ्खलाले गर्दा अनि अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य ह्वात्तै बढ्यो र कतिपय उत्पादन कारखानाहरू पूर्ण रुपमा उत्पादन हुन सकेनन् । त्यसले गर्दा अनि त्यो हामीले सम्झौता गरेको मल अहिले तुरुन्तै आउने अवस्था छैन । सम्झौता गर्दा ५९० मा गरेको मल बढेर १००० प्रति मेट्रिक टनसम्म पुग्यो । अहिले अलिकति युरिया घटेको अवस्था छ, डी.ए.पी अझै पनि ११०० पर मेट्रिक टन ११०० भन्दा माथि यसको अन्तर्राष्ट्रिय बजारमा मूल्य छ । त्यसले गर्दा त्यो अलिकति केही ढिला हुने देखिएको छ ।  पछिल्लो अर्को ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डी.ए.पी.को हामीले त्यो बीचमा बोलपत्र निकाल्यौँ । अन्तर्राष्ट्रिय बजारमा मल पनि नपाइने, पाइएपनि धेरै महँगो पर्ने हुँदा हाम्रो टेण्डर नै परेन दुई चोटीसम्म । त्यसलाई पुनः प्रकाशित गरेपछि परेको टेण्डरको अहिले हामीले सम्झौता गर्ने क्रममा छौँ । यो मल साउनमा आउने सम्भावना देखिएको छ । अर्को एउटा ३० हजार मेट्रिक टन युरियाको हामीले सूचना निकालेका छौँ, त्यो १५ जुनमा बोलपत्र खोलिन्छ ।’

उहाँले नेपालको वार्षिक मल आवश्यकता करिवक ९ लाख मेट्रिक टन भएपनि सरकारले अधिकतम साढे ४ लाखदेखि ५ लाख मेट्रिक टन बराबरको मात्रै बजेट विनियोजन गर्ने गरेको बताउनु भयो । चार बोरा मल चाहिने किसानले दुई बोरा मात्रै पाएपछि मल अभाव भयो भन्नु स्वाभाविक भएको उहाँको भनाई छ । उहाँले सार्वजनिक खरिद ऐनको लामो प्रक्रिया, गोदाम क्षमताको अभाव, भारतको कलकत्ता–हल्दिया बन्दरगाहमा निर्भरता तथा रेलमार्फत ढुवानी गर्न नपाइने अवस्थाले पनि मल आपूर्तिमा समस्या थपिएको बताउनु भयो ।

उहाँले आगामी वर्ष कम्तीमा ६ लाख मेट्रिक टन मल खरिद गर्न पुग्ने गरी ५० अर्ब रुपैयाँभन्दा बढी बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो । साथै भारतसँगको व्यापार तथा पारवहन सम्झौता पुनरावलोकन गरी विशाखापट्टनम, पारादीप र धाम्रा बन्दरगाह प्रयोग गर्न तथा विराटनगर र भैरहवासम्म रेलमार्फत मल ढुवानीको सुविधा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।