३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar संघर्षका सात बर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा News Polar अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय विदेशमन्त्री डा एस जयशङ्करबीच भेटवार्ता News Polar रेग्मीको अध्यक्षतामा नेफेजमा नयाँ कार्यसमिति चयन News Polar स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न ऐन संशोधनको तयारी News Polar देशमा द्रुत आर्थिक वृद्धिका लागि कृषि क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छः संयोजक दाहाल News Polar स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ News Polar शव व्यवस्थापन गरिएको स्थानमा स्मृति उद्यान बनाइने

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा

अभिनेत्रीहरुले बोक्न थाले चलचित्रको कथा
फाइल फोटो
अ+ अ-

काठमाडौँ। चलचित्र उद्योगमा लामो समयदेखि एउटा भाष्य जवरजस्त स्थापित छ, चलचित्र बिकाउन ‘हिरो’ चाहिन्छ र त्यो हिरो ‘पुरुष’ नै हुनुपर्छ । त्यसैले अधिकांश कथाहरू अभिनेता वरिपरि घुमेको पाइन्छन् । जबकि अभिनेत्रीलाई प्रेम, त्याग वा भावनामा मात्रै सीमित राखिन्छन् ।

तर पछिल्लो समय यो भाष्य परिमार्जित हुँदै गएको छ । अभिनेत्रीहरु पनि चलचित्र बिकाउन सक्छन् भन्ने भाष्य बन्दै गएको छ । उदाहरणका रुपमा पछिल्लो समय प्रदर्शनमा आएका चलचित्रलाई लिन सकिन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रमा महिलाहरू कथा सजाउने पात्र होइनन्, कथा चलाउने शक्ति बनेर आएका छन् । पहिलो पटक होइन, तर लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा ‘लिड’ मात्र होइन, ‘हिरो’ को जिम्मेवारी बोकेका देखिन्छन् ।

यीमध्ये ‘लालीबजार’ अहिले सबैभन्दा धेरै चर्चामा छ । गत वैशाख २५ देखि प्रदर्शनमा रहेको चलचित्रमा स्वस्तिमा खड्काले वादी समुदायकी महिलाको जीवन संघर्षलाई प्रस्तुत गर्नुभएको छ । छोरीको भविष्य जोगाउन समाजसँग जुध्ने आमाको कथा बोकेको चलचित्रले सामाजिक विभेद र कुप्रथाविरुद्ध आवाज उठाएको छ ।

स्वस्तिमा खड्काका अनुसार महिला पात्र केन्द्रमा हुनु आफैँमा ठूलो परिवर्तन हो । उहाँ भन्नुहुन्छ, “हाम्रो चलचित्रमा अझै पनि धेरै कथाहरू पुरुष पात्रलाई केन्द्रमा राखेर लेखिन्छन् । तर दर्शकले अहिले फरक कथा पनि स्वीकार्न थालेका छन् ।” उहाँले बलियो पटकथा भए पात्रको लिंगभन्दा कथा महत्वपूर्ण हुने बताउनुभयो ।

चलचित्र ‘एक मुठ्ठी बादल’ले महिलाको व्यक्तिगत स्वतन्त्रताको विषय उठाएको छ । चलचित्रमा अभिनेत्री आँचल शर्मासँगै निशा शर्मा, उषा रजकलगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रमा प्राविधिक टोलिसँगै निर्देशक समेत महिला नै हुनुहुन्छ । चलचित्रमा विवाह गर्ने निर्णय लिएकी एक युवतीले निर्णयमा खोज्ने स्वतन्त्रालाई चित्रण गरिएको छ ।

गत जेठ १ मा प्रदर्शन भएको चलचित्र ‘एक मुठ्ठी बादल’ मा  अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गर्नुभएको छ । “मैले चलचित्रमा निर्वाह गरेको पात्रले आफ्नो निर्णयको स्वतन्त्रतालाई प्रस्तुत गरेको जस्तो लाग्छ । विवाह गर्न तयार पात्रको मनोविज्ञान र उसले आफ्नो निर्णयलाई अन्य परिवारका सदस्यको दबाव बिना नै स्वतन्त्र रुपमा भन्नसके हुनुपर्छ भन्ने देखाइएको छ । यसमा महिला शीर्ष भूमिकामा हुनुका साथै छायाँकार, सम्पादकलगायत चलचित्र तयार गर्दा तयार हुने प्राय विधाको प्रमुख नै महिला हुनहुन्छ”, अभिनेत्री शर्माले भन्नुभयो ।

आँचल शर्माले चलचित्रले महिलाको निर्णय क्षमता र आत्मविश्वासलाई देखाउन खोजेको बताउनुभयो । “महिलाले आफ्नो जीवनका निर्णय आफैँ गर्न पाउनुपर्छ भन्ने सन्देश चलचित्रले दिन्छ,” उहाँको भनाइ छ ।

एक समय रेखा थापाले नेपाली सिनेमामा महिला पात्रलाई ‘एक्शन हिरो’ कै रूपमा स्थापित गर्नुभएको थियो । तर त्यसपछि बजार फेरि पुरुष केन्द्रित कथातिर मोडियो । अहिले भने परिस्थिति फेरि बदलिन थालेको संकेत देखिएको छ ।

पछिल्ला चलचित्रहरूले एउटा स्पष्ट सन्देश दिएका छन् । दर्शक अब केवल ‘हिरो’ हेर्न हल गएका छैनन्, उनीहरू राम्रो कथा खोजिरहेका छन् । र त्यो कथा महिलाको आँखाबाट पनि भन्न सकिन्छ भन्ने विश्वास नेपाली सिनेमामा विस्तारै बलियो हुँदै गएको छ ।