२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानको बलुचिस्तानमा रेललाई लक्षित गरी गरिएको आत्मघाती विष्फोटमा ४७ जनाको मृत्यु



अ+ अ-

पाकिस्तान। पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानमा एक यात्रुवाहक रेललाई लक्षित गरी गराइएको आत्मघाती बम विष्फोटमा ज्यान गुमाउनेको संख्या ४७ पुगेको छ ।

उद्धार अधिकारीहरूले सोमबार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार यस भीषण आक्रमणमा २० जना सैनिकको समेत मृत्यु भएको छ ।

यस घटनामा परी ९८ जना सर्वसाधारण तथा सुरक्षाकर्मीहरू घाइते भएको बताइएको छ । घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

विष्फोटका कारण रेल र रेलवे स्टेशन आसपासको क्षेत्रमा ठूलो क्षति पुगेको छ । उद्धार टोलीहरूका अनुसार घटनास्थलमा अझै पनि उद्धार र राहतका कार्यहरू जारी रहेका छन् ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको बताएका छन् । आक्रमणको प्रकृति र थप विवरणबारे सुरक्षा निकायहरूले अनुसन्धान गरिरहेका छन् । सिन्ह्वा/न्युज एजेन्सी नेपाल