३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अस्टिनको नेपाली समाजमा नयाँ नेतृत्व चयन

अस्टिनको नेपाली समाजमा नयाँ नेतृत्व चयन
अ+ अ-

अस्टिन / टेक्सास : ग्रेटर अस्टिन नेपाली समाज(GANS) मा नयाँ नेतृत्व चयन भएको छ। ग्रेटर अस्टिन नेपाली समाज टेक्सासको राजधानी अस्टिन तथा आसपास क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको साझा सामाजिक तथा सांस्कृतिक संस्था हो। यस संस्थालाई अंग्रेजीमा GANS भनेर चिनिन्छ।

यहि मे २४ मा संस्थाको सभाहलमा सम्पन्न निर्वाचनबाट ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो। निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा पदम ठकुराठी ४७५ मत प्राप्त गरी विजयी हुनुभएको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा अशोक कुमार शाही ४२१ मत, महिला उपाध्यक्षमा सपना राउत ४२७ मत, उपाध्यक्षमा धिरेन्द्र कुमार यादव ४१७ मत, महासचिवमा सूर्य कार्की ४४५ मत, सचिवमा प्रिन्स भट्ट ४१५ मत तथा कोषाध्यक्षमा नारायण प्रसाद रिजाल ४३२ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा दीपक हुमागाईं ४२२ मत, एलिजा थापा पौडेल ४१४ मत, विनाम आचार्य ४१३ मत तथा प्रदीप कुमार भडेल ४०० मत प्राप्त गरी विजयी हुनुभएको छ।

करिब १,१०० साधारण सदस्य रहेको यस संस्थाको निर्वाचनमा करिब ९०० सदस्यले मतदान गरेका थिए। संस्थाको विधानअनुसार कार्यसमितिले थप ६ जना सदस्य मनोनयन गर्न सक्ने व्यवस्था रहेको छ।

अस्टिन आसपासका १९ वटा काउन्टीमा बसोबास गर्ने नेपालीहरूलाई संगठित गर्दै सन् २०१३ मा स्थापना भएको ग्रेटर अस्टिन नेपाली समाजले आफ्नो नेतृत्व चयनका लागि पहिलो पटक खुला प्रतिस्पर्धामार्फत निर्वाचन सम्पन्न गरेको हो।

सोही अवसरमा GANS अन्तर्गत रहेको Pashupatinath Temple Board of Trustees को पनि निर्वाचन गरिएको थियो। आठ सदस्यीय बोर्ड अफ ट्रस्टीको प्रमुखमा देवराज न्यौपाने तथा उपप्रमुखमा निरोज मानन्धर निर्विरोध चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूका लागि भएको निर्वाचनमा टिकामाया गुरुङ, सूर्य नारायण शाह, सुरज अधिकारी, वर्षा गौतम, हर्ष बहादुर नकर्मी तथा रोशन गोसाईं चयन हुनुभएको छ।

संस्थाको छैटौँ अधिवेशन आगामी मे ३१ आइतबार आयोजना गरिने कार्यक्रम रहेको छ। उक्त अधिवेशनमा निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गरिनेछ। सोही दिन हुने शपथ ग्रहणपछि नयाँ कार्यसमितिले औपचारिक रूपमा कार्यभार सम्हाल्नेछ।