३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नीति तथा कार्यक्रममा निरन्तर छलफल

नीति तथा कार्यक्रममा निरन्तर छलफल
फाइल फोटो
अ+ अ-

विराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को वार्षिक नीति तथा कार्यक्रमको छलफलले निरन्तरता पाएको छ ।

छलफलमा सत्तापक्ष एवं प्रतिपक्षले मिश्रित प्रतिक्रियासहित सुझाव दिएका छन्। छलफलमा कोशी प्रदेशसभा सदस्य निमसरी राजवंशीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा धार्मिकस्थलका विषयमा स्पष्ट दृष्टिकोण र कार्यक्रम राख्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मैया श्रेष्ठले नीति तथा कार्यक्रममा विदेशी मुद्रा आर्जन गर्न सक्ने पर्यटन पूर्वाधार, अलैँची प्रशोधन एवं भण्डारण र बजारको व्यवस्था उल्लेख हुनुपर्ने माग गर्नुभयो ।

प्रदेशसभा सदस्य रमेशकुमार बस्नेतले नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या आउन सक्ने विषय हटाउनुपर्ने सुझाव दिँदै नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, जनता आवास कार्यक्रम समेटेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य दुर्गाप्रसाद चापागार्इंले समृद्ध र विकसित प्रदेश निर्माण गर्न नीति तथा कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य मीना श्रेष्ठलेले आयआर्जनको भरपर्दो स्रोत स्थानीय उत्पादनलाई बजारीकरण गरी युवालाई समाहित गर्नुपर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले नीति तथा कार्यक्रम विगतकै निरन्तरता हो भन्दै बसाइसराइ रोक्न र सुकुमवासी समस्या समाधान गर्न नीति तथा कार्यक्रम मौन रहेको टिप्पणी गर्नुभयो ।

प्रदेशसभा सदस्य खगेश्वरी पौडेलले कृषि, पर्यटन, पूर्वाधार, शिक्षा र स्वास्थ्य जस्ता विषय नीति तथा कार्यक्रमको प्राथमिकतामा रहेकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य कमला दर्नालले विपद्मा परेका जनताको खोज, उद्धार र राहतका कार्यक्रम ठोस ढङ्गले कार्यक्रममा समावेश गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य जीवन आचार्यले विराटनगरलाई डुबानबाट जोगाउन नीति तथा कार्यक्रममा कुनै पनि कार्यक्रम नरहेकाले समावेश गर्न माग गर्नुभयो ।

प्रदेशसभा सदस्य गीतादेवी रेग्मीले नीति तथा कार्यक्रमले महिला सशक्तिकरण र युवालाई उद्यमी बनाउन मद्दत गर्ने बताउनुभयो । प्रदेशसभा सदस्य यशोदा कायस्थले नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य,कृषि, पर्यटन, महिला र युवा लक्षित कार्यक्रम समावेश भएकामा खुसी व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य निरन राईले विपन्न र पछाडि परेका वर्गका निम्ति ल्याएको कार्यक्रमसँगै हिमाल, पहाड तथा तराईलाई समेट्ने गरी आएको नीति तथा कार्यक्रमले प्रदेश समृद्ध एवं बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य तारादेवी ढकालले अध्ययन एवं अनुसन्धानविना ल्याइएको नीति तथा कार्यक्रममा समावेश भएका विषयलाई कार्यान्वयनमा समस्या आउनेतर्फ प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभा सदस्य राजन किराँतीले विगतको निरन्तरतालाई भङ्ग नगर्ने हो भने अहिले युवा पुस्तालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने दाबी गर्नुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभाका सदस्य किशोरचन्द्र दुलाल र ममता तामाङले प्रदेशको विविध समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रदेशसभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजे बस्नेछ । रासस