११ भाद्र २०८३, बिहीबार
,
Latest
रास्वपा सभापति लामिछानेको आह्वानमा सर्वदलीय बैठक सुरु बाढी प्रभावित क्षेत्रबाट १२३ जनाको हवाई उद्धार रसुवा बाढीः हालसम्म १६५ जनाको मृत्यु, ८२६ अझै बेपत्ता त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा २७ दशमलव ८५ अङ्कको वृद्धि



अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज झण्डै २८ अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ८५ अङ्कले उकालो लागेर दुई हजार ७८६ दशमलव ३५ मा पुगेको छ ।

यो एक प्रतिशत बराबरको वृद्धि हो । ठूला कम्पनीको कारोबारमापन गर्ने ‘सेन्सेटिभ’ परिसूचक तीन दशमलव ८५ अङ्कले उकालो लागेर ४७५ दशमलव ७४ मा पुगेको छ । कारोबार भएकामध्ये २३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको भने घटेको छ ।

कूल ३४२ कम्पनीको एक करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर रु पाँच अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० मूल्यमा खरिद बिक्री भएको छ । कारोबारका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा छ । यस्तै, रिडी पावर कम्पनी, अपि पावर कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी र ङयादी ग्रुप पावर लिमिटेड शीर्ष स्थानमा छ ।

यस्तै, थ्री स्टार हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, अप्पर हेवा खोला हाइड्रोपावर, माया खोला हाइड्रोपावर र रिजलाइन इनर्जीका लगानीकर्ताले कमाएका छन् । बुङ्गल हाइड्रो, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, एनआइबिएल ग्रोथ फन्ड, नेपाल बैङ्कको डिवेञ्चर, सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।