४ असार २०८३, बिहीबार
,
Latest
शक्तिशाली बोर्डको अवधारणासहित किसानमैत्री नीति ल्याइनेः मन्त्री चौधरी श्रम मन्त्रालय र श्रम कार्यालयद्वारा फ्रन्टलाइन हस्पिटलको अनुगमन: एक हप्ताभित्र सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध… कृष्णबहादुर महरा सक्रिय राजनीतिबाट अलग सामाजिक सञ्जालका भ्रामक विज्ञापन तत्काल हटाउन बोर्डको निर्देशन संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्न सिफारिस समितिको प्रक्रिया अघि बढेको छ : मन्त्री गौतम राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी तनहुँमा १९ शङ्कास्पद व्यक्ति नियन्त्रणमा सञ्चारमन्त्री डा तिमिल्सिनासँग हुवावे एसिया प्रशान्त क्षेत्रका अध्यक्षद्वारा शिष्टाचार भेट पोखरा बसपार्क क्षेत्रका संरचनामाथि महानगरको डोजर (फोटो फिचर) ऊर्जा मन्त्रालयलाई १ खर्ब १४ अर्ब बजेट, १० वर्षमा ३० हजार मेगावाट उत्पादन लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक मुद्दाको फैसला दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश पोखरेलको आग्रह

अ+ अ-

काठमाडौँ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलले सार्वजनिक चासोका मुद्दामा पैरवी वा फैसला गरेको दिन सामाजिक सञ्जालबाट टाढा रहन न्यायाधीश र वकिलहरुलाई आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सार्वजनिक सरोकारको मुद्दाको फैसलामाथि आउने प्रतिक्रियाले न्यायाधीश र कानून व्यवसायीको मनोविज्ञानमा असर पार्नसक्ने बताए ।

कुनै मुद्दाको फैसला वा बहसपछि सामाजिक सञ्जालमा आउने प्रशंसा र आलोचनाले व्यक्तिमा अतिरञ्जित आत्मविश्वास वा नकारात्मक सोच विकास गराउने भएकाले सामाजिक सञ्जालबाट टाढा रहनुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘जुन पब्लिकको चासो भएको मुद्दाको बहस गर्नुहुन्छ वा हामी न्यायधीशहरुले फैसला गर्छौँ त्यो दिनको बेलुकाको सोसियल मिडिया नहेर्ने । कुनै एउटा फैसला ग¥यो वा कुनै एउटा राम्रो मुद्दाको बहस गर्यो भने त्यसको नतिजा राम्रो आयो भने प्रसंशा आउँछ । ओ हो म त भयंकर रैछु भन्ने वा नराम्रो भए राक्षस नै रहेछु भन्ने सोचाइको विकास हुन्छ । त्यसकारण त्यो दिनको बेलुकाको अनलाइन मिडिया र सोसियल मिडिया हेर्नु भएन भने भोलि बिहानदेखि त्यो कुराको भाष्य नै परिवर्तन भइसकेको हुन्छ । त्यसकारण तपाइले जुनदिन सार्वजनिक सरोकारको मुद्दाको पैरवी वा फैसला गर्नुह्न्छ त्यो दिनको केही पनि नहेर्नु ।’

न्यायाधीश पोखरेलले तत्कालीन प्रतिक्रियाभन्दा समयसँगै सार्वजनिक धारणा परिवर्तन हुने भएकाले संवेदनशील मुद्दामा संलग्न हुनेहरुले त्यसदिन अनलाइन र सोसल मिडिया नहेर्नु नै उपयुक्त हुने धारणा राखे ।