७ श्रावण २०८३, बिहीबार
,
Latest
राधिका दासीविरुद्ध अफवाह फैलाएको आरोपमा वेदिका केसी पक्राउ संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जोर्डन र भेनेजुएलाबीच द्विपक्षीय सहयोग विस्तारका लागि चारवटा सम्झौतामा हस्ताक्षर



अ+ अ-

काठमाडौँ। जोर्डन र भेनेजुएलाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको सात दशकभन्दा बढी समयपछि पहिलो पटक भेनेजुएलाका विदेशमन्त्रीबाट भएको जोर्डन भ्रमणका क्रममा आइतबार चारवटा सहयोग सम्झौतामा हस्ताक्षर भएको छ ।

जोर्डनका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री आयमान सफादी र उनका भेनेजुएली समकक्षी इभान गिलबीच राजधानी अम्मानमा भएको भेटवार्तामा कृषि, ऊर्जा, लगानी, पर्यटन र सूचना प्रविधि जस्ता क्षेत्रमा सहयोग विस्तार गर्नेबारे गहन छलफल भएको थियो ।

दुई देशका कूटनीतिज्ञहरूले संयुक्त द्विपक्षीय समिति गठन, राजनीतिक परामर्श संयन्त्रको शुरुवात, कृषि सहयोग र कूटनीतिक तालिम अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता तथा समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यसका साथै लगानी संरक्षण, दोहोरो करमुक्ति र भिसा छुटसम्बन्धी आगामी सम्झौताहरूलाई छिटो टुंगोमा पु¥याउन पनि दुवै पक्ष सहमत भएका छन् ।

संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री सफादीले मध्यपूर्वमा जारी तनाव कम गर्ने र क्षेत्रमा स्थायित्व पुनर्बहाली गर्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

सो क्रममा उनले दुई–राज्य समाधानप्रति भेनेजुएलाले देखाएको समर्थनको प्रशंसा गरे । यसैगरी, विदेशमन्त्री गिलले भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजको तर्फबाट जोर्डनको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा शुभकामना सन्देश हस्तान्तरण गर्नुभयो ।

उहाँले भेनेजुएला जोर्डनका लागि दक्षिण अमेरिका र क्यारिबियन क्षेत्रको प्रवेशद्वार बन्न सक्ने उल्लेख गर्दै दुई राष्ट्रबीचको आर्थिक पूरकतामा जोड दिनुभयो ।

गिलले भेनेजुएलाको बजारमा जोर्डनको प्राविधिक विशेषज्ञता र व्यवसायहरूलाई आकर्षित गर्न आफूहरू उत्सुक रहेको बताउनु भयो ।

यो उच्चस्तरीय भेटघाट जोर्डनका विदेशमन्त्री सफादीले गत फेब्रुअरीमा गरेको काराकास भ्रमणको निरन्तरता स्वरूप भएको हो, जुन जोर्डनका कुनै पनि विदेशमन्त्रीले भेनेजुएलामा गरेको पहिलो भ्रमण थियो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल