१४ आश्विन २०८१, सोमबार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई यात्रा सहज



अ+ अ-

धम्बोझी । बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताल लगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला झोलुङ्गे पुल निर्माण भएपछि खुशी भएका छन् ।

पुरानै ठाउँमा पाँच वर्षभित्रमा निर्माण सम्पन्न भएको आधुनिक झोलुङ्गे पुलले सर्वसाधारणको जोखिमपूर्ण यात्रा हटेको छ । उक्त पुल निर्माणपछि जिल्लाभरिका करीब तीन लाख सर्वसाधारण प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । झोलुङ्ग पुल निर्माणसँगै यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने मधुवन नगरपालिकाका नगरप्रमुख गणेश क्षेत्रीले बताए ।

“मधुवन र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणले सर्वसाधारणको सपना साकार भएको छ”, उनले भने, “वर्षौँदेखिको जोखिमयात्रा गर्ने सर्वसाधारणको पुल निर्माणपछि जोखिमयात्रा हटेको छ ।” नवनिर्मित आधुनिक पुलले दोधरा–चाँदनी पुलको झझल्को मेटिने बारबर्दिया–४ का वडाध्यक्ष रामबहादुर थारूले बताए । “यो पुलमा पुग्ने जो–कोहीको मन खुशी हुन्छ”, उनले भने, “नदी तटीय क्षेत्रमा निर्माण भएको पुल पाहुनाका लागि आकर्षक गन्तव्य बनेको छ ।”

पुल हेर्न दैनिक युवायुवतीको घुइँचो लाग्ने गरेको छ । उक्त पुलबाट देखिने नदी तटीय दृश्यले पर्यटक आकर्षित हुन्छन् । उक्त पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक पुल भएको बारबर्दिया नगरपालिकाको प्रमुख दुर्गाबहादुर थारूले बताए ।