१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई यात्रा सहज

झोलुङ्गे पुल निर्माणपछि स्थानीयवासीलाई यात्रा सहज
अ अ+ अ-

धम्बोझी । बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताल लगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला झोलुङ्गे पुल निर्माण भएपछि खुशी भएका छन् ।

पुरानै ठाउँमा पाँच वर्षभित्रमा निर्माण सम्पन्न भएको आधुनिक झोलुङ्गे पुलले सर्वसाधारणको जोखिमपूर्ण यात्रा हटेको छ । उक्त पुल निर्माणपछि जिल्लाभरिका करीब तीन लाख सर्वसाधारण प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । झोलुङ्ग पुल निर्माणसँगै यस क्षेत्रको समृद्धिमा टेवा पुग्ने मधुवन नगरपालिकाका नगरप्रमुख गणेश क्षेत्रीले बताए ।

“मधुवन र बारबर्दिया नगरपालिका जोड्ने पुल निर्माणले सर्वसाधारणको सपना साकार भएको छ”, उनले भने, “वर्षौँदेखिको जोखिमयात्रा गर्ने सर्वसाधारणको पुल निर्माणपछि जोखिमयात्रा हटेको छ ।” नवनिर्मित आधुनिक पुलले दोधरा–चाँदनी पुलको झझल्को मेटिने बारबर्दिया–४ का वडाध्यक्ष रामबहादुर थारूले बताए । “यो पुलमा पुग्ने जो–कोहीको मन खुशी हुन्छ”, उनले भने, “नदी तटीय क्षेत्रमा निर्माण भएको पुल पाहुनाका लागि आकर्षक गन्तव्य बनेको छ ।”

पुल हेर्न दैनिक युवायुवतीको घुइँचो लाग्ने गरेको छ । उक्त पुलबाट देखिने नदी तटीय दृश्यले पर्यटक आकर्षित हुन्छन् । उक्त पुलको लम्बाइ ५०० मिटर रहेको छ । थानी निर्माण कम्पनीले रु चार करोड ४१ लाख लागतमा निर्माण सम्पन्न गरेको पुल जिल्लाको नमूना र आधुनिक पुल भएको बारबर्दिया नगरपालिकाको प्रमुख दुर्गाबहादुर थारूले बताए ।