८ असार २०८३, सोमबार
,
Latest
सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशौँ पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन



अ+ अ-

पोखरा । युनाइटेड क्लबको आयोजनामा आगामी पुस २९ देखि माघ १२ गतेसम्म पोखराको अमरसिंह चौरमा हुने पोखरा महोत्सवका लागि ३९ वटा उपसमिति गठन गरिएको छ ।
दशौं संस्करणको महोत्सव सम्पन्न गर्न महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङको संयोजकत्वमा मूल आयोजक समिति र ३९ वटा उपसमिति गठन गरिएको हो ।

उपसमितिका संयोजकमा कार्यसम्पादनतर्फ सुकबहादुर गुरुङ, अतिथि व्यवस्थापनमा हिमालय बख्रेल, सांस्कृतिक व्यवस्थापनमा राजु श्रेष्ठ, सचिवालय व्यवस्थापनमा लोकबहादुर थापा, प्रचारप्रसारमा शान्तबहादुर थापा, अर्थ तथा कक्ष व्यवस्थापनमा गणेश तिमिल्सिना छन् ।

महोत्सवको सल्लाहकारमा विश्वप्रकाश लामिछाने, सेती थापा, रमेशबहादुर कार्की, लीलाधर अधिकारी, पोखरा महानगरपालिकाअन्तर्गत वडा नं १० का अध्यक्ष राजकुमार गुरुङ, ११ का अध्यक्ष मोहन बाँस्तोला, १३ का अध्यक्ष दर्शन लामा (लेखबहादुर तामाङ), १४ का अध्यक्ष प्रेमबहादुर कार्की, १५ का अध्यक्ष प्रकाश पौडेल, २४ का अध्यक्ष ओम सुवेदी, वडा नं ३१ का अध्यक्ष कमलबहादुर थापा छन् ।

क्लबको सक्रियतामा हुने महोत्सवबाट लेखनाथको पचभैयामा निर्माणाधीन चिडियाखाना, सेती नदी संरक्षणलगायतका सामाजिक कार्यमा सहयोग गरिँदै आइएको छ ।