२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा



अ+ अ-

चितवन । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा हुने भएको छ । डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा कात्तिक २९ र ३० गते बैठक हुन लागेको हो ।

कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको व्यवस्थापन विभिन्न समितिमार्फत गरिएको छ ।

डिष्ट्रिक्टका गभर्नर अनुप पहाडीका अनुसार बैठकमा लायन्स क्लबहरुले सेवाका क्षेत्रमा गरेका कामको अनुमोदन र भावी योजनाहरुका विषयमा एजेन्डागत रूपमा छलफल गरिनेछ । आगामी दिनमा गरिने ठूला परियोजना र विगतमा भएका त्यस्ता परियोजनाहरुको विशेष समीक्षा पनि बैठकमा हुनेछ ।

डिष्ट्रिक्टका सेकेन्ड भाइस गभर्नर रामप्रसाद भट्टले दोस्रो बैठक भ्रमण वर्षको सङ्घारमा चितवन क्षेत्रमा हुनुले यसले पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने बताउनुभयो । लायन्सको डिष्ट्रिक्टको एक वर्षमा चारवटा यस्ता बैठक हुन्छन् । यसअघि पहिलो बैठक काठमाडौँमा भएको थियो ।