७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

लायन्सको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा



अ+ अ-

चितवन । लायन्स क्लब अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ वी टूको दोस्रो क्याबिनेट बैठक गैँडाकोटमा हुने भएको छ । डिष्ट्रिक्टको एरिया नं ३ को आतिथ्यतामा कात्तिक २९ र ३० गते बैठक हुन लागेको हो ।

कार्यक्रम संयोजक एरिया नं ३ का चिफ एरिया कोअर्डिनेटर प्रकाशचन्द्र भट्टराईका अनुसार बैठकमा डिष्ट्रिक्टका चार सय लायन्स क्लबका दुई हजार हाराहारीको सहभागिता हुनेछ । उनीहरुका लागि आवास, खानालगायत कार्यक्रमको व्यवस्थापन विभिन्न समितिमार्फत गरिएको छ ।

डिष्ट्रिक्टका गभर्नर अनुप पहाडीका अनुसार बैठकमा लायन्स क्लबहरुले सेवाका क्षेत्रमा गरेका कामको अनुमोदन र भावी योजनाहरुका विषयमा एजेन्डागत रूपमा छलफल गरिनेछ । आगामी दिनमा गरिने ठूला परियोजना र विगतमा भएका त्यस्ता परियोजनाहरुको विशेष समीक्षा पनि बैठकमा हुनेछ ।

डिष्ट्रिक्टका सेकेन्ड भाइस गभर्नर रामप्रसाद भट्टले दोस्रो बैठक भ्रमण वर्षको सङ्घारमा चितवन क्षेत्रमा हुनुले यसले पर्यटन प्रवद्र्धनमा विशेष सहयोग पुग्ने बताउनुभयो । लायन्सको डिष्ट्रिक्टको एक वर्षमा चारवटा यस्ता बैठक हुन्छन् । यसअघि पहिलो बैठक काठमाडौँमा भएको थियो ।