७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक जना डाक्टरको भरमा अस्पताल, बिरामीहरु खुसी



अ+ अ-

दमौली । जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो ।

गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई दिवा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालबाट अब चौबिसै घण्टा सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार आइतबारबाटै अस्पतालमा प्रयोगशाला सेवा पनि शुरु भएको छ । प्रयोगशाला सेवा शुरु भएसँगै इसिजी, भिडियो एक्स–रे गर्न सर्वसाधारणलाई चितवन जान नपर्ने भएको छ ।

अस्पतालले चितवनस्थित मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ । सम्झौताबमोजिम मेडिकल कलेजका एक जना एमबिबिएस डाक्टरले अस्पतालमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नेछन् । बुढाथोकीका अनुसार अस्पतालले विसं २०८२ सम्म मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ ।

उक्त अस्पतालमा आठ स्वास्थ्यकर्मी छन् । दरबन्दी थप्न मन्त्रालयमा माग गरिएको छ । अस्पतालबाट हाल दैनिक औसत ४५ जनाले स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अस्पताललाई सुविधायुक्त बनाउन पहल भइरहेको जानकारी दिनुभयो । थापाका अनुसार १५ श्ययाको अस्पताललाई स्तरोन्नति गरी २५ श्ययाको बनाउन पहल भइरहेको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालसँगै जग्गा, यसका अन्य भौतिक संरचनाहरु र सबै चल/अचल सम्पत्ति गत वर्ष गाउँपालिका मातहत आएको थियो ।