१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

एक जना डाक्टरको भरमा अस्पताल, बिरामीहरु खुसी

एक जना डाक्टरको भरमा अस्पताल, बिरामीहरु खुसी
अ अ+ अ-

दमौली । जिल्लाको देवघाट गाउँपालिका–५ मा सञ्चालित धर्मार्थ अस्पतालबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको छ । दिवा सेवा मात्रै सञ्चालन हुँदै आएको उक्त अस्पतालमा आइतबारबाट चौबिसै घण्टा सेवा सञ्चालन गरिएको हो ।

गलेश्वर आश्रमले विसं २०५७ देखि सञ्चालन गर्दै आएको उक्त अस्पताल गत वर्ष साउन १ गते देवघाट गाउँपालिकालाई हस्तान्तरण भएको थियो । आश्रममा रहेका ज्येष्ठ नागरिक, बालबालिका, तीर्थयात्री तथा स्थानीय समुदायलाई दिवा सेवा प्रवाह गर्दै आइरहेको अस्पतालबाट अब चौबिसै घण्टा सेवा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रदीप बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार आइतबारबाटै अस्पतालमा प्रयोगशाला सेवा पनि शुरु भएको छ । प्रयोगशाला सेवा शुरु भएसँगै इसिजी, भिडियो एक्स–रे गर्न सर्वसाधारणलाई चितवन जान नपर्ने भएको छ ।

अस्पतालले चितवनस्थित मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ । सम्झौताबमोजिम मेडिकल कलेजका एक जना एमबिबिएस डाक्टरले अस्पतालमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नेछन् । बुढाथोकीका अनुसार अस्पतालले विसं २०८२ सम्म मेडिकल कलेजसँग प्राविधिक सहयोगका लागि सम्झौता गरेको छ ।

उक्त अस्पतालमा आठ स्वास्थ्यकर्मी छन् । दरबन्दी थप्न मन्त्रालयमा माग गरिएको छ । अस्पतालबाट हाल दैनिक औसत ४५ जनाले स्वास्थ्य सेवा लिइरहेका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले अस्पताललाई सुविधायुक्त बनाउन पहल भइरहेको जानकारी दिनुभयो । थापाका अनुसार १५ श्ययाको अस्पताललाई स्तरोन्नति गरी २५ श्ययाको बनाउन पहल भइरहेको छ । १० रोपनी क्षेत्रफलमा फैलिएको उक्त अस्पतालसँगै जग्गा, यसका अन्य भौतिक संरचनाहरु र सबै चल/अचल सम्पत्ति गत वर्ष गाउँपालिका मातहत आएको थियो ।