१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुक्यो

डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुक्यो
अ अ+ अ-

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–३ खतेडीस्थित कुलौन माविको भवन भिरालो जमीनमा भएकाले विद्यार्थीलाई विद्यालय हाताभित्रै जोखिमको खतरा छ ।

विसं २००४ मा प्राथमिक तहबाट शुरु भएको यो विद्यालयसँग २७ रोपनी तीन आना भिरालो जग्गा छ । विद्यालयमुनि सल्ला र सिसौका रूखहरु भएकाले पहिरो जाने सम्भावना त छैन तर दुर्गाभवानी–सडक बनाउने क्रममा डोजर चलाउँदा विद्यालयमा आउने पानीको मूल सुकेको छ ।

गत वैशाखमा पानी पाउन मुस्किल भएपछि विद्यार्थीले चर्को गुनासो गरे । उनीहरुले पानीका लागि वडा कार्यालय घेर्ने चेतावनी दिए । शिक्षकहरुले जनप्रतिनिधिसँग आफैँ कुरा राख्ने र समस्या समाधान गर्ने वचन दिएपछि विद्यार्थी शान्त भए तर अहिलेसम्म पानीको सुनिश्चितता भएको छैन । विद्यालयले अस्थायीरूपमा ड्रम राखेर पानीको प्रबन्ध गरेको छ । विद्यार्थीले ती ड्रम आफँै सफाइ गर्ने गरेका छन् ।

भिरालो जमीनमा भवन र खानेपानीको समस्याबारे विद्यार्थीले विद्यालयसमक्ष लिखित गुनासो गरेपछि विद्यालयले स्थानीय तह र जोखिम विपद् न्यूनीकरणमा कार्यरत संस्थालाई सहयोगका लागि गुहारेको छ । विद्यालयले कक्षा १ देखि ५ सम्म तल्लो र कक्षा ६ देखि १२ सम्मको पढाइ माथिल्लो कान्लाको भवनमा सञ्चालन गरिरहेको छ । विद्यालयले नजिकैको खेत किनेर सानो भलिबल मैदान भने बनाएको छ ।

विद्यालयका प्रधानाध्यापक मानबहादुर बोहराले विद्यालयमा राखिएको गुनासो पेटिकामा भिरालो स्थानको भवन र पानी अभावबारे बिदाको समयमा समेत गुनासो गरेकाले आफूहरुलाई भौतिक पूर्वाधार सुधार्न बल मिलेको बताउनुभयो । उहाँका अनुसार गुनासो आएपछि विद्यालय व्यवस्थापन समितिको बैठक बसेर नगरपालिका र रेडक्रसलाई सहयोग गर्न लिखित आग्रह गरिएको छ र सहयोग आउने आशा पलाएको छ । नगरपालिकाले नयाँ भवनका लागि सहयोग गरेको छ भने रेडक्रसले पर्खाल बनाइदिने आश्वासन दिएको छ ।

नगरपालिकाका शिक्षा शाखाप्रमुख मोहन नाथले सो विद्यालयलाई नयाँ भवन निर्माणका लागि हालै रु ५० लाख रकम निकासा गरी ठेक्का भइसकेको जानकारी दिनुभयो ।

स्थानीय शासन सञ्चाल ऐन, २०७४ को दफा ११ ९ज० बमोजिम तयार गरिएको गुनासो सुनुवाइ कार्यविधि, २०७४ स्थानीय तहमा कार्यान्वयनमा छ । विद्यालयको गुणस्तर अभिवृद्धिका लागि विद्यालय क्षेत्र विकास योजनामा उल्लिखित सुरक्षित विद्यालय बनाई विद्यार्थीमाथि हुने दुव्र्यवहार तथा लैङ्गिक हिंसा न्यूनीकरण गर्न कार्यविधि ल्याइएको हो ।

विद्यालय हाताभित्र, विद्यालय आउँदाजाँदा समुदायमा बालबालिकामाथि हुने वा हुनसक्ने भेदभाव, शारीरिक वा मानसिक दण्डसजाय ‘बुलिङ’ लगायतका जोखिमको निर्धारित प्रक्रियाबाट न्यूनीकरण गर्न कार्यविधिले विभिन्न विधि तोकेको छ । कार्यविधिअनुसार विद्यालयले विद्यार्थीको मौखिक वा लिखित गुनासो सङ्कलनका लागि विद्यालय हातामा गुनासो पेटिका राखिएको र गुनासाहरुलाई गोप्य राखी गुनासो सुनुवाइ समितिले प्रत्येक तीन–तीन महिनामा अन्तक्र्रिया गर्नुपर्नेछ ।

विद्यालयले गुनासो सुन्ने शिक्षकसमेत तोक्नुपर्नेछ । विद्यार्थीले दिने गुनासोहरुलाई बाल संरक्षण/लैङ्गिक हिंसा, शिक्षण सिकाइ र पूर्वाधारसँग सम्बन्धित विषयवस्तुमा वर्गीकरण गरिनेछ । नगरपालिकाले गुनासो पेटिका राख्न निर्देशन र सञ्चालनका लागि तालीम दिई सो कार्यविधिको पूर्ण विरवरणसहित गुनासो अभिलेख पुस्तिका छपाइ गरी वितरण गरेको छ ।

वडा नं ४ शाहीलेकस्थित वीरेन्द्र माविका सहायक प्रधानअध्यापक कैलाशकुमार कनौजिया गुनासो पेटिकामा विद्यार्थीले माग गरेपछि आफूहरुले सेतोपाटीको प्रबन्ध गरेको सुनाउनुभयो । दानेश्वर माविका शिक्षक भुवनेश्वरी पन्तले गुनासो पेटिकामा विद्यार्थीले कम्प्युटर सफ्टवेयर मागेपछि उपलब्ध गराइएको जनाउनुभयो ।

नगरपालिका–१ गुरुखोलास्थित मणिलेक माविमा भने अहिलेसम्म गुनासो पेटिका राखिएको छैन । विद्यालयका कक्षा १० का विद्यार्थी आकाश थलालले विद्यालय हातामा खानेपानी र पुस्तकालय नभएको गुनासो गर्नुभयो । विद्यालयका प्रधानाध्यापक त्रिभुवन रावतले गुनासो पेटिका राख्ने प्रक्रियामा रहेको जनाउँदै विद्यालयमा वार्षिक कार्ययोजना लागू भएको बताउनुभयो ।

नगरपालिका–२ देहिमाण्डूस्थित निग्लासैनी माविमा भने गुनासो पेटिका राखिए पनि हालसम्म गुनासो परेको छैन । विद्यालयका प्रधानाध्यापक प्रेमसिंह बोहराले कुनै समस्या भएका विद्यार्थीले सिधै र मौखिकरूपमा राख्न आफूले भन्ने गरेको बताउनुभयो । विद्यालयका कक्षा १२ का विद्यार्थी रेजिना टेलरले विद्यालयमा आफूहरुको गुनासोपछि छात्रा शौचालय बने पनि महिनावारी हुँदा स्यानेटरी प्याड फाल्ने ठाउँ नभएको जनाउनुभयो ।

विद्यार्थीको गुनासाकै आधारमा नगरपालिकाले विद्यालय नजीकका सडकमा जेब्राक्रस राखेको छ भने विद्यालय हातामा विस्तारै सवारी साधन चलाउन आग्रह गरिएका होडिङ बोर्ड राखिएका छन् ।

नगरपालिकाका सामाजिक विकास शाखाप्रमुख विनोदबहादुर चन्दका अनुसार शौचालय र खानेपानी नभएका विद्यालयका लागि वार्षिक रु सात लाख विनियोजन गरिएको छ । विद्यालयमा दिवा खाजाका लागि रु एक करोड ५५ लाख दिइएको छ भने युनिसेफले सबै विद्यालयमा फिल्टर उपलब्ध गराएको छ । नगरपालिकाभित्र ५४ सार्वजनिक र १० संस्थागत विद्यालय छन् ।