१२ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी हप्ता लगातार ४ दिन सरकारी विदा



अ+ अ-

काठमाडौँ । आगामी हप्ता लगातार ४ दिन सरकारी विदा परेको छ । यही जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक बिदा परेको हो ।

नेपाल सरकारले गणतन्त्र दिवस यही जेठ १५ गते विदा दिने भएकाले तीन दिन त यसअघि पनि परेकै थियो, किनभने १६ र १७ गते शनिबार र आइतबार परेको छ ।

गृह मन्त्रालयले बिहीबार जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा)को अवसरमा बिदा दिने निर्णय भएको जानकारी विज्ञप्ति निकालेर आज दिएकोले अब लगातार ४ दिन नै विदा परेको हो ।

गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद (ईद–उल–अज्हा) को दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।

त्यसको भोलिपल्ट अर्थात् जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार यसै पनि सार्वजनिक बिदा हुने गर्दछ । यसकारण यही १४ देखि १७ गतेसम्म ४ दिनसम्म लगातार सरकारी कार्यालयहरु विदा हुने भएका हुन् ।