१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब महिला इन्स्पेक्टरले बाघको दाह्रा समातिन्…..



अ+ अ-

काठमाडौं । त्यसो त बाघ भनेपछि सबैको सातो जानु स्वभाविक हो । त्यसमाथि बाघकै दाह्रा समात्ने भनेपछि त सर्वसाधारण मानिसको सातो उड्छ । तर महानगरीय प्रहरी प्रभाग कोटेश्वरकी प्रमुख, इन्स्पेक्टर सुभद्रा लामा वाईवाले बाघको दाह्रा नै समातेर सबैलाई छक्क पारिदिएकी छिन् । तर उनले जिउँदो बाघको दाह्रा समातेकी भने होइनन…। चोरी तस्करी गर्ने नियतले तस्करले लिएर हिँडे्को अवस्थाको बाघको दाह्रा समातेकी हुन ।

बाघ मारेर या वेहोस बनाई चोरी तस्करी गर्ने नियतले बाघको ११ वटा दाँत लिएर ट्याक्सीमा यात्रा गरिरहेको अवस्थामा इन्स्पेक्टर वाईवा सहितको टोलीले आइतबार साँझ कोटेश्वरको मुनिभैरव मन्दीर नजिकबाट तस्कर सहित समातेको थियो । सुराकीको आधारमा दिनभरी राजधानीको विभिन्न ठाउँमा पिछा गर्दै मुनिभैरव मन्दीर नजिक आएपछि बाघको दाह्रासहित नुवाकोटका २५ वर्षे सुमन लामालाई इन्सपेक्टर वाईवासहितको विशेष टोलीले पक्रेको थियो ।

बाघको दाह्रा पक्रिएको कोटेश्वरको यो पहिलो घटना हो । आइतबार साँझ बाघको ११ वटा दाह्रा सहित पक्राउ परेका अभियुक्र लामालाई सोमबार नै आवश्यक अनुसन्धान र कारवाहीको लागि वरामद गरिएको बाघको दाह्रा सहित जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

गत भदौ ३० गतेदेखि महानगरीय प्रहरी प्रभाग कोटेश्वरको प्रमुख भएर आएपछि निकै सकृयतापुर्वक काम गर्दै आएकी इन्स्पेक्टर वाईवा आफ्नो कार्यक्षेत्रमा पर्ने होटल, रेष्टुरेन्ट, डान्सबार र भट्टीमा हुने अनैतिक यौन गतिविधि नियन्त्रणको साथै अन्य अपराध नियन्त्रणको लागि समुदायसंग मिलेर काम गर्दैआएको स्थानीय वासिन्दा बताउँछन ।