८ असार २०८३, सोमबार
,
Latest
चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त प्लेटफर्म डिगो, विश्वव्यापी स्ट्रिमिङ अधिकारसहित अन्तर्राष्ट्रिय विस्तारमा सभापति थापाद्वारा नेता खरेलको निधनप्रति दुःख व्यक्त सेवाग्राहीलाई केन्द्रमा राखेर काम गर्न मन्त्री तिमिल्सिनाको निर्देशन देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका विद्यालय चार दिन बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘केड’ को सहयोगमा एघार महिलाको निःशुल्क शल्यक्रिया



अ+ अ-

खोटाङ । वातावरणीय कृषि तथा विकास केन्द्र (केड)को सहयोगमा यहाँका ११ पाठेघर खस्ने समस्या भएका महिलाको काठमाडौँमा निःशुल्क शल्यक्रिया गरिएको छ । लामो समयदेखि पाठेघर खस्ने समस्याले घरमै पीडित बनेर बसेका तीन स्थानीय तहका ११ महिलालाई काठमाडौँस्थित मोडेल अस्पताल पुर्याएर निःशुल्क शल्यक्रिया गराइएको हो ।

जिल्लामा महिला प्रजनन अधिकारसम्बन्धी काम गर्दै आएको उक्त संस्थाले सबैभन्दा बढी ऐसेलुखर्क गाउँपालिकाका आठ महिलाको शल्यक्रिया गराएको छ । यस्तै, रावाबेँसी गाउँपालिकाका दुई र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक महिलालाई काठमाडौँ जान/आउन तथा खान/बस्नको व्यवस्था मिलाइदिएको हो । उनीहरुका साथमा एक/एक जना कुरुवासमेत पठाइएको जिल्ला कार्यक्रम संयोजक लोचन श्रेष्ठले बताए ।

“जिल्लामा उपचार सम्भव नभएपछि शल्यक्रिया गराउन काठमाडौँ पठाइएको थियो”, उनले भने, “अहिले उनीहरु एघारै जनाको सफल शल्यक्रिया भएर घर फर्कने तयारीमा छन् ।” काठमाडौँमा शल्यक्रिया गर्न लाग्ने सम्पूर्ण खर्चको व्यवस्था कम्युनिटी सपोर्ट एशोसिएसन नेपाल (कोसन)ले उपलब्ध गराएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए । संयोजक श्रेष्ठका अनुसार रावाबेँसी गाउँपालिकामा मात्रै पाठेघर खस्ने समस्या भएका महिला करीब २१ प्रतिशत छन् ।

उक्त समस्या सबैभन्दा बढी ४० वर्ष नाघेका महिलामा देखिएको साझेदारी संस्था हलेसी विकास मञ्चका कार्यक्रम संयोजक वीरेन्द्र मगरले जानकारी दिए । केडको कार्यक्रम रावाबेँसी गाउँपालिकामा हलेसी विकास मञ्च र ऐसेलुखर्क गाउँपालिकामा ग्रामीण युवा सशक्तीकरण अनुसन्धान केन्द्रसँगको साझेदारी सञ्चालन भइरहेको छ ।