७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा बुधबार आँखादान कार्यक्रम



अ+ अ-

चिप्लेढुङ्गा । पोखरामा आँखादान कार्यक्रम गरिने भएको छ । मृत्युपछि आँखादान गर्ने गरी प्रतिबद्धता गरेर आँखादानको घोषणा गर्न सकिने आयोजक संस्था लायन्स क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष सुरेन्द्र पौडेलले जानकारी दिए ।

बुधबार बिहान साइमन पार्टी प्यालेसमा उक्त आँखादान कार्यक्रम हुने र सोको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । दृष्टिविहीनलाई आँखादान गरेर संसार देखाउने अभियानलाई सफल बनाउन कार्यक्रमको आयोजना गरिएको पौडेलले बताए।

“मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको हो”, उनले भने, “अहिलेसम्म ५० जनाले आँखादानका लागि प्रतिबद्धता गरेका छन् ।” हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा कार्यक्रम हुने सचिव तथा कार्यक्रम संयोजक विकास भुर्तेलले जानकारी दिए ।