३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छः काँग्रेस

सभामुखबाटै संसदको मर्यादा उलंघन भइरहेको छः काँग्रेस
अ+ अ-

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सभामुख डोलप्रसाद अर्यालले स्वयंले संसदीय मर्यादा उल्लंघन गरिरहनुभएको आरोप लगाएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै नेपाली काँग्रेसका सचेतक निष्कल राईले उक्त आरोप लगाउनुभएको हो । उहाँले सरकारलाई संसदप्रति उत्तरदायी बनाउनका लागि विपक्ष दलहरुले गरेको प्रयासलाई सभामुख अर्यालले साथ नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

सचेतक राईले संसदको अभिभावक भएकाले पनि सभामुख अर्याल संसदको मर्यादा एक इन्च पनि तलमाथि गर्न  नपाईनेतर्फ समेत ध्यानाकर्षण गराउनु भयो । उहाँले हिजो विपक्षमा रहँदा सभामुख अर्याल स्वयंले संसदको वेल घेराउ गर्दा संसदीय हुने अनि अहिले प्रधानमन्त्रीलाई संसदप्रति जवाफदेही बनाउन प्लेकार्ड लिएर उभिदा श्रम संस्कृति पार्टीका सांसदहरु कसरी मर्यादित भएपनि प्रश्न समेत गर्नुभयो ।

सचेतक राईले भन्नुभयो,‘पछिल्लो केही समयदेखि प्रतिपक्ष दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहेको छ । नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्रीको खोजी गर्ने लगायतका विषयमा प्रमुख प्रतिपक्ष दलको हैसियतले म स्वयम र अन्य माननीयज्यूहरु उठेर सरकारलाई सदनप्रति उत्तरदायी बनाउन खोजेका हौ । यसमा हामीलाई सम्माननीय सभामुखज्युको साथ मिलेन । सरकारले टेरेन । केही दिनयता अर्को प्रतिपक्ष दलले यहाँ सरकार खोज्दै, सरकारको सदनप्रति उत्तरदायित्व खोज्दै प्लेकार्ड देखाईरहेको छ । सभामुख महोदयले यसलाई अमर्यादित भन्नु भएको छ । सभामुख महोयद, यहाँ विर्सन नहुने एउटा प्रशंग उल्लेख गर्न चाहन्छु आज सत्तामा भएको दल हिजो प्रतिपक्षमा थियो । सरकारको जवाफदेहिता खोज्नै निलो स्काफ घाँटीमा बाँधेर वेल घेरेको थियो । वेलमा पुगेर पलेटी कसेर बस्ने अनि पुस्तक पढने काम पनि हालको सत्तारुढ दलबाट भएको थियो । त्यसबेला सभामुखको आशन प्रतिपक्षको बेञ्चमा थियो । आफैले गरेको त्यो कदम संसदीय र मर्यादित अनि अहिले प्रतिपक्ष दलको प्लेकार्ड कसरी अमर्यादित ? सम्माननीय सभामुख महोदय, त्यो पनि गलत थियो, अहिले पनि अमर्यादित र गलत भईराखेको छ भन्ने हाम्रो निष्कर्ष हो । सदनको मर्यादा सभामुख महोदयले राख्नुपर्ने हो । अर्को सबै मर्यादको केन्द्रमा सरकार छ । सरकारले मर्यादा कायम गर्नुपर्ने हो । तर सरकार र प्रधानमन्त्रीले सदनलाई देखि नसहने, एलर्जी नै हुने । यो सदनको अभिभावक तपाई हो । यसको गरिमामा एक इञ्च तलमाथि हुन्छ भने त्यो हजुरनै प्रतिष्ठासँग जोडिन्छ ।’

सचेतक राईले सरकारले संसद मर्यादा विपरित काम गरिरहेको जिकिर पनि गर्नुभयो । –न्युज एजेन्सी नेपाल