२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रालयले गर्यो शिक्षक नियुक्ति र सरुवामा रोक



अ+ अ-

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोक लगाएको छ। मन्त्रालयले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोक लगाइएको हो।

मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गर्दै शिक्षा सेवा आयोगबाट सिफारिस भइ नयाँ शिक्षक नियुक्ति र पदस्थापना भइरहेकाले यो कार्य नसकुन्जेल शिक्षक नियुक्ति र सरुवामा रोक लगाएको हो।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालयमा पनि शिक्षक नराख्न आग्रह गरेको छ।

समायोजनबाटै आवश्यक सङ्ख्यामा शिक्षक पठाउने मन्त्रालयको भनाइ छ।