३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सरकार विरुद्ध किन आगो ओकल्दैछन् अमरेस ?

सरकार विरुद्ध किन आगो ओकल्दैछन् अमरेस ?
अ+ अ-

काठमाडौं । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट सर्लाही ४ बाट निर्वाचित सांसद हुन् । उनी गत फागुनको निर्वाचन ताकाका एक चर्चित उम्मेदबार पनि हुन् । चर्चित यसकारण कि उनी नेपाली कांग्रेसका सभापति गगन कुमार थापा विरुद्ध चुनाव उठेका थिए ।

पछि गगनलाई पनि हराएपछि उनी झन् चर्चित् बने । त्यसपछि नयाँ सरकार गठन हुँदा उनले उद्योग मन्त्री पनि पाए, तर गएनन् । त्यसपछि पनि उनी चर्चामै रहेका थिए ।

ती चर्चित अमरेस पछिल्लो करिब २ महिना यता भने एक प्रकारले भूमिगत जस्तै थिए । उनी संसदमा उपस्थित भएनन्, बोल्ने समय पनि मागेनन् । तर, दुई दिन अघि उनी संसदमा झुल्किए । उनले बोल्ने समय नै मागे र बोले । उनी यसरी संसदमा बोले के पूरै सरकारको विरुद्धमै देखिए ।

उनले प्रधानमन्त्रीदेखि अर्थमन्त्रीसम्म खनिए । संसदमा उपस्थित नभएका अर्थमन्त्री र प्रधानमन्त्रीलाई त राजा महाराजाजस्तो भनेर टिप्पणी गरे । अनि परम्परा सबै भत्काउँदै जाने हो भने त प्रधानमन्त्री पद नै भत्काइदिए भैगो नि पनि भने ।

उनले मधेश विस्फोट हुनका लागि ठिक्क परेर बसेको खुलासा पनि गरे । त्यतिले मात्र नभएर हिजो त एक टेलिभिजनसँगको कुराकानीमा यो पाराले सरकार नचल्ने भन्दै प्रधानमन्त्रीलाई नै चुनौती दिए ।

उनले नेपालको सरकार पाकिस्तान मोडलमा अर्थात अनुदारवादी मोडलमा जान लागेको सम्म आरोप लगाउन भ्याए । यस्तै अवस्था हो भने बहुदलीय व्यवस्था नै नरहेका सम्म उनले टिप्पणी गरे ।

उनले आफ्ना अधिकांश अभिव्यक्तिमा सरकारकै विरुद्धमा आगो ओकलेका छन् । अनि, यो पाराले सरकार चल्दैन भनेर दोहोर्याइरहेका छन् । अहिले रास्वपाकै सांसद जो विपक्षी दलहरु भन्दा पनि चर्को स्वरमा सरकारको विरोधमा, यसरी आगो ओकलिरहेकाले रास्वपा मात्र होइन कि अरुले पनि प्रश्न गरिरहेका छन्, अमरेस किन यसरी आगो ओकलिरहेका छन् ?