२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसको ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन



अ+ अ-

काठमाडौँ: नेपाली कांग्रेसले ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्यूरोमा आज १७ सदस्य मनोनयन गर्नुभएको हो ।

ब्यूरोको सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बाँस्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही), हरि पोखरेल (झापा) र सुदर्शन आचार्य (सिन्धुपाल्चोक) रहनुभएको छ ।

यस्तै, रोहित पौडेल (काठमाडौँ), डा भूमिराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेजविनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ) हुनुहुन्छ ।

ब्यूरोलाई पार्टीको देशव्यापी निर्वाचन ‘डाटाबेस’ निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यादेश पनि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

ब्यूरोले ब्युरोले सात सय ५३ स्थानीय तह छ हजार ७४३ वडा र सात वटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ ।

यस्तै, निर्वाचन ब्यूरोअन्तर्गत सात जना विज्ञको ‘प्राविधिक समिति’ रहने, त्यसमा डाटा विश्लेषण, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार र डिजिटल विज्ञहरू समावेश हुनेछन् ।

यस्तै, प्रदेशस्तरमा सूचना सङ्कलनका लागि ‘अपरेसनल टिम’ र स्थानीयस्तरसम्म ‘सूचनादाता’ को सञ्जाल परिचालन र उक्त संयन्त्रले सामाजिक सञ्जालको प्रवृत्ति विश्लेषण, साप्ताहिक ‘अपडेट’ र मासिक विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने गरी कार्यादेश दिइएको कांग्रेसले जनाएको छ ।रासस




भर्खरै