७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पत्रकारको क्षमता अभिवृद्धि गर्ने



अ+ अ-

बनेपा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले पाँच जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै उहाँले पत्रकारको क्षमता अभिवृद्धि र हकअधिकारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री जम्कट्टेलले पत्रकारिता क्षेत्रको विकास र उन्नयनका लागि नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र पत्रकार महिला समूहलगायतसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, जनता र समाजको अहित हुने गरी काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट र उपाध्यक्ष यदुनाथ गौतमलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले बाम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

तालीममा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका २० पत्रकार सहभागी छन् । आगामी कात्तिक ३० गते तालीम सम्पन्न हुने आयोजकले जनाएको छ ।