२३ भाद्र २०८३, मंगलवार
,
Latest
होर्मुज खुलाउनेबारे इरान–ओमान वार्तामा ‘महत्त्वपूर्ण प्रगति’ हड्तालका कारण बन्द आइफेल टावर पुनः सञ्चालनमा जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ हरेक नेपालीको आशा पूरा गर्ने जिम्मेवारीमा छु, पदको घमण्ड र स्वार्थ छैन : गृहमन्त्री गुरुङ कृष्णभीरमा ट्रक महासंघको चासो, ७–१० दिनभित्र नयाँ ट्र्याकबाट गाडी चलाउने तयारी एक करोड २० लाखमा विद्यालय भवन निर्माण गरिँदै कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले पत्रकारको क्षमता अभिवृद्धि गर्ने



अ+ अ-

बनेपा । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले सञ्चारसँग सम्बन्धित काम संस्थागत ढङ्गले गर्ने गरी व्यवस्था मिलाएको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत सञ्चार रजिष्ट्रारको कार्यालय हेटौँडाले पाँच जिल्लाका पत्रकारका लागि काभ्रेपलाञ्चोकको धुलिखेलमा आयोजना गरेको ‘पत्रकारितामा नवीनतम प्रयोग प्रवद्र्धनका लागि मल्टिमिडिया तथा मोबाइल जर्नालिज्म तालीम’को आज उद्घाटन गर्दै उहाँले पत्रकारको क्षमता अभिवृद्धि र हकअधिकारको प्रवद्र्धनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।

मन्त्री जम्कट्टेलले पत्रकारिता क्षेत्रको विकास र उन्नयनका लागि नेपाल पत्रकार महासङ्घ, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) र पत्रकार महिला समूहलगायतसँग मिलेर काम गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गर्दै मुलुकको विकास र समृद्धका लागि पत्रकारिता क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्र, जनता र समाजको अहित हुने गरी काम नगर्न पनि उहाँले आग्रह गर्नुभयो ।

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसी, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का अध्यक्ष प्रताप विष्ट र उपाध्यक्ष यदुनाथ गौतमलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकारले बाम गर्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

तालीममा काभ्रेपलाञ्चोक, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीका २० पत्रकार सहभागी छन् । आगामी कात्तिक ३० गते तालीम सम्पन्न हुने आयोजकले जनाएको छ ।