१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

प्रसूति गराउने महिला भत्ताबाट वञ्चित

प्रसूति गराउने महिला भत्ताबाट वञ्चित
अ अ+ अ-

सिरहा । सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमको बजेट नआएपछि सुरक्षित प्रसूति गराउने महिला विगत चार महिनादेखि भत्ता पाउनबाट वञ्चित भएका छन् ।
सरकारले आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पताल सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात भत्ताबापत रु एक हजार र गर्भवती अवस्थामा तोकिएको अनुसार चार पटकसम्म स्वास्थ्य संस्थामा स्वास्थ्य जाँच गराउनेलाई थप रु ८०० प्रोत्साहन भत्ता लिने व्यवस्था गरेको छ । तर, समयमा कार्यक्रमको बजेट नआएपछि अस्पतालमा सुरक्षित प्रसूति सेवा लिने महिला गत साउन महिनायता भत्ता पाउन नसकेको महिलाले बताएका छन् ।

गत भदौ ५ गतेदेखि अस्पतालमा छोरा पाए, त्यसको भोलिपल्टै अस्पतालबाट डिस्चार्ज भए पनि सुत्केरी भत्ता अझै पाउन नसकेको सिरहाको लहान नगरपालिका–५ की सरिता साहले बताउनुभयो । डिस्चार्ज भएकै बेलामा भत्ता दिने व्यवस्था रहे पनि तीन महिनासम्म सो भत्ता पाउन नसकेको उहाँको गुनासो छ ।

अस्पतालमा बाँकी रहेको सुत्केरी भत्ता लिन कहिले श्रीमान्लाई त, कहिले ससुरालाई अस्पताल पठाउने गरे पनि बजेट नआएको भन्दै फर्काउने गरिएको उहाँले बताउनुभयो । अस्पतालमा दैनिक १०÷१५ गर्भवती महिला प्रसूति गराउन आउने गरेका छन् । विगत चार÷पाँच वर्षदेखि अस्पतालमा सञ्चालित आमा सुरक्षा कार्यक्रमअन्तर्गत अस्पतालमा हाल तीन अनमी, एक ल्याब एसिस्टेन्ट र एक सहलेखापाल कार्यरत छन् तर, कार्यक्रमको बजेट नआउँदा विगत चार महिनादेखि उहाँहरुले तलब खान नपाएको गुनासो गरेका छन् ।

चालू आर्थिक वर्ष ०७६÷०७७ को साउन महिनायता बजेटसँगै कार्यक्रम सञ्चालनबारे कुनै निर्देशन नआएका कारण पाँचै जना कर्मचारी साउनदेखि हालसम्म तलब पाउन नपाएको गुनासो गरेका छन् । अस्पतालमा नियमित काम गर्दै आए पनि विगत चार महिनादेखि तलब नपाउँदा हातमुख जोड्नसमेत समस्या भइरहेको अनमीहरु बताउँछन् ।

विसं २०३५ मा स्थापित सो अस्पतालमा हाल चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको अभाव भइरहेका बेला आमा सुरक्षा कार्यक्रमअन्तर्गत करारमा नियुक्त गरिएका अनमी र कर्मचारीले जसोतसो अस्पतालमा सेवा पु¥याउँदै आएको छ ।

यस्तै यस वर्ष समयमा आमा सुरक्षा कार्यक्रम सञ्चालनबारे ठोस परिपत्र र बजेट नआएपछि प्रसूति गराउने महिलालाई भत्ता र कर्मचारीलाई तलब खुवाउन नसकिएको अस्पतालका मेसु डा सुनिलकुमार कुशवाहाले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम सञ्चालन गर्ने वा नगर्ने विषयमा अहिलेसम्म न त स्वास्थ्य विभागबाट निर्देशन आएको छ, न त प्रदेश नं। २ सरकारबाटै कुनै निर्देशन आएको छैन, जसका कारण कार्यक्रमबारे अन्यौलता बढेको छ ।”

बजेट नआएका कारण प्रसूति गराएकाले भत्ताका लागि दैनिक अस्पतालमा आएर झगडा गर्ने गरेको मेसु डा कुशवाहाको गुनासो छ । शुरुमा स्वास्थ्य विभागबाट आमा सुरक्षा कार्यक्रमको बजेट आउने गरेकोमा पछिल्लो दुई वर्ष लहान नगरपालिकाबाट आएको थियो तर, यस वर्ष अस्पताल प्रदेश सरकारको मातहतमा गएपछि यो कार्यक्रमको विषयमा हालसम्म कुनै निर्देशन नआएको मेसु डा कुशवाहाले बताउनुभयो ।