१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी पाहुनाको स्वागत

सातै प्रदेशका नृत्यद्वारा बङ्गलादेशी  पाहुनाको स्वागत
अ अ+ अ-

काठमाडौं । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष परिसरमा सातै प्रदेशको प्रतिनिधित्वि हुने गरी साँस्कृतिक झाँकीसहितको गीतसङ्गीत र नृत्यद्वारा स्वागत गरिएको छ । नेपाल प्रहरीको सङ्गीत विद्यालयबाट प्रशिक्षण प्राप्त ६७ कलाकारले राष्ट्रपति हमिदको स्वागतमा सांस्कृतिक नृत्यसहितको झाँकी प्रस्तुत गरे । नेपाली सेनाबाट सम्मान गारत अर्पणपछि रातो गलैँचामा पदार्पण गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीसँगै उहाँले नेपाली गीतसङ्गीतको स्वाद लिनुभयो ।

उहाँको स्वागत तथा सम्मानमा विमानस्थलमा कलाकारले प्रदेश नं १ को मारुनी, प्रदेश नं २ को झाँगड, प्रदेश नं ३ को तामाङसेलो, गण्डकी प्रदेशको कौरा, प्रदेश नं ५ को टप्पा, कर्णाली प्रदेशको थकाली र सुदूरपश्चिम प्रदेशको हुड्केली गीत तथा नृत्य पस्केका थिए । रातो साडी, चोली र जामामा देखिएका महिला कलाकार घुम्टो ओढेर छड्के तिलहरीमा सजिएका थिए । कानमा ढुङ्ग्री, शिरमा शिरबन्दी तथा शिरफूल लगाएर प्रदेश नं १ का कलाकारले मारुनी नृत्य प्रस्तुत गरे ।

मौलिक पोशाकमा रहेका पुरुष कलाकारले तरबार र ढाला प्रदर्शन गर्दै मौलिक नृत्य देखाए । उहाँहरुलाई प्रहरीको सङ्गीत विद्यालयका नृत्य निर्देशक जलमाया गुरुङ र प्रदीप हमालले निर्देशन गर्नुभएको थियो । अर्कातर्फ नेपाली मौलिक पोशाक (गुन्यु, चोली र नेपाली टोपीसहित दौरासुरुवाल) मा सजिएर लहरै बसेका ४९ स्कूले बालबालिकाले उहाँलाई बङ्गाली भाषामै स्वागत गरे । आफ्नै भाषामा स्वागत पाउँदा उहाँले ‘भालो आसी’ भनेर हात हल्लाउँदै अभिवादनका साथ स्वागत स्वीकार्नुभयो । हातहातमा नेपाल र बङ्गलादेशको झण्डा फहराउँदै बालबालिकाले स्वागत गर्दा राष्ट्रपति हमिदको मुहार चम्किलो देखिन्थ्यो ।

यसअघि विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायतातमन्त्री रघुवीर महासेठले र अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले बङ्गलादेशी समकक्षीलाई स्वागत गर्नुभएको थियो । उहाँलाई अतिविशिष्ट कक्षाको मूल प्रवेशद्वारमा पञ्चकन्याले पुष्पहारले स्वागत गरे । राष्ट्रपति भण्डारीको निमन्त्रणामा चार दिवसीय सद्भावना भ्रमणका लागि आउनुभएका राष्ट्रपति हमिदको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो । स्वागतका लागि विमानस्थलमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत सरकारी अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

विमानस्थलको बाहिरी प्रवेशद्वार आसपास सर्वसाधारण, स्काउटका विद्यार्थीले झण्डा फहराउँदै अभिभादन गरेका थिए । विभिन्न जातजातिको मौलिक पोशाक लगाएर झाँकीसहितको नृत्य प्रस्तुत गरी विशिष्ट पाहुनाको स्वागत गरिएको थियो । सुरक्षाका लागि ठाउँठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको थियो । उहाँको स्वागतमा सडकमार्गका खम्बामा नेपाल र बङ्गलादेशका राष्ट्रपतिको तस्वीर राखिएको छ भने ठाउँठाउँमा दुवै देशको झण्डा फहराइएको छ । सडकका विभिन्न ठाउँमा स्वागतद्वारसमेत बनाइएको छ । आजै उहाँले भक्तपुरको सम्पदा क्षेत्रसमेत अवलोकन भ्रमण गर्नुभयो ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग बङ्गलादेशी समकक्षीले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ । राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षीे नेतृत्वको प्रतिनिधिमण्डलको सम्मानमा सोही साँझ रात्रिभोजको आयोजना गर्नुहुनेछ । बुधबार नै बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र परराष्ट्रमन्त्री ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुहुनेछ ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा तथा राजनीतिक दलका वरिष्ठ नेताले पनि शिष्टाचार भेट गर्नुहुनेछ । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रागिरि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ भ्रमण सकेर यही कात्तिक २९ गते स्वदेश फर्कनुहुनेछ ।