८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कात्तिक २७ कृष्ण प्रतिपदा, कस्तो छ तपाईको आजको दिन ? हेर्नुहोस् आजको राशिफल



अ+ अ-

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ । लाभदायक यात्रापनि रहनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): विचार गरेर निर्णय लिनु उचित होला । मनमा दुविधा उत्पन्न हुनेछ । पारिवारिक समस्या आइपर्ला । घर व्यवहारमा झमेला आउला ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । धर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ कामको थालनी हुनेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ): सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ): आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ। शुभकार्यको चर्चा रहला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ): सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ । अनावश्यक धन खर्च बढ्न सक्छ । सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ): महिला वर्गबाट विशेष सहयमेग मिल्नेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): आफन्तसंग रमाइलो भेटघाट हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । मनोरन्जनमा सहभागिता भईएला । प्रेममा मधुरता छाउनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ): आफन्तको प्रगतिमा मन रमाउनेछ । विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुनेछ । आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सक्छ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ । प्रेममा सफलता पाईनेछ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ): जोश जाँगर र हिम्मत बढ्नेछ । आफ्नो वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ । वाहान लाभ हुने समय छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ): बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । स्वास्थ्यमा सुधार आउला । हाम्रो पात्रो