८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका लता मंगेशकरको स्वास्थ्य नाजुक बन्दै अस्पतालमा भर्ना, उनीबारे केहि रोचक तथ्यहरु…



अ+ अ-

काठमाडौं । प्रशिद्ध पाश्र्व गायिका लता मंगेशकर अहिले शिथिल भएकी छिन । उनी केहि समय यता बिरामी परेकी छिन् । भारतमा भारतरत्न भनेर पुकारिने लताको स्वास्थ्य स्थिती नाजुक बनेको भारतीय समाचार संस्थाले समेत उल्लेख गरिसकेको छ । सोमबार स्वास्थ्यमा समस्या भएपछि उनलाई मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा भर्ना गरिएको थियो ।

स्वास्थ्यकर्मीले जनाए अनुसार उनलाई निमोनियाको समस्या देखिएको छ । उनीवारे विभिन्न रोचक जानकारी तल प्रस्तुत गरिएको छ ।

  • कागजमा केही लेख्नु अघि उनी ‘श्रीकृष्ण’ लेख्छिन् ।
  • स्टेजमा गीत गाउदा पहिलो पटक उनले २५ रुपैया पाएकी थिइन् । उनको पहिलो कमाई त्यहि थियो । अभिनेत्रीको रूपमा उनले पहलो पटक तीनसय रुपैया पाएकी थिइन् ।
  • लता को फोटोग्राफीमा निकै शोख छ ।
  • विदेशमा उनले बनाएका छायाँचित्रको प्रदर्शनी समेत गरिएको छ ।
  • उनलाई क्रिकेट खेल मन पर्छ । भारतमा कुनै ठूलो म्याच हुँदा काम छाडेर म्याच हेर्न सहभागी हुन्छिन् ।
  • लता मंगेशकरका लागि गायन पूजा समान हो । उनी रेकडिङको समय खाली खुट्टा गाउछिन् ।
  • कुंदनलाल सहगल नूरजहाँ उनका मन पर्ने गायक/गायिका हुन् । शास्त्रीय गायक/गायिकामा लतालाई पंडित रविशंकर, जसराज, भीमसेन, गुलाम अली खान र अली अकबर खान मन पर्छ ।१
  • भारतीय इतिहास र संस्कृतिमा उनी कृष्ण, मीरा, विवेकानंद र अरबिंदोंलाई मन पराउछिन् ।
  • पड़ोसन, गान विद द विंड र टाइटेनिक लतालाई मन परेका फिल्म हुन् ।
  • लताले पहिलो फिल्मी गीत मराठी फिल्म ‘किती हंसाल’ मा गाएकी थिईन् । तर, उनले गाएको गीत पछि फिल्ममा राखिएन ।
  • लताले पहिलोपटक पाश्र्व गायन नायिका मुनव्वर सुल्तानाका लागि गाएकी थिइन् ।
  • लता ने अंग्रेजी, असमिया, बांग्ला, ब्रजभाषा, डोगरी, भोजपुरी, कोंकणी, कन्नड़, मगधी, मैथिली, मणिपुरी, मलयालम, हिंदी, सिंधी, तमिल, तेलुगू, उर्दू, मराठी, नेपाली, उडिया, पंजाबी, संस्कृत, सिंहलीलगायतका भाषामा गीत गाएकी छिन् ।
  • लता मराठी भाषी हुन्, उनी हिन्दी, बांग्ला, तमिल, संस्कृत, गुजराती र पंजाबी भाषामा कुरा गर्छिन् ।
  • अभिनेत्री समेत रहेकी लताले हिन्दी, मराठी फिल्ममा काम गरेकी छिन् । हिन्दीमा वे बड़ी माँ, जीवन यात्रा, सुभद्रा, छत्रपति शिवाजी जस्ता फिल्ममा काम गरेकी छिन् ।
  • आजा रे परदेसी (मधुमति), कहीं दीप जले कहीं दिल , तुम्हीं मेरे मंदिर (खानदान) र आप मुझे अच्छे लगने लगे (जीने की राह के लिए) फिल्मफेयर पुरस्कार जीतेपछि लताले पुरस्कार लिन छाडिन् । उनी चाहन्थिन् नयाँ गायिकाले अवार्ड पाउन् ।
  • परिचय, कोरा कागज, और लेकिनका लागि उनले राष्ट्रीय पुरस्कार पाएकी छिन् ।
  • सन १९५१ मा उनले सबै भन्दा धेरै २२५ वटा गीत गाएकी थिइन् ।
  • पुरुष गायकमा मोहम्द रफीसंग लताले सर्वाधिक ४४० युगल गीत गाएकी छिन् । जबकि किशोरसंग ३२७ गीत गाएकी छिन् । महिला युगलमा उनले आशा भोंसलेसंग धेरै गीत गाएकी छिन् ।
  • लक्ष्मीकांत प्यारेलाल को ६८६, शंकर जयकिशन को ४५३, आरडी बर्मन को ३४३ र कल्याणजी/आनंदजीका ३०३ गीतमा उनले स्वर दिएकी छिन् ।
  • गीतकारमा आनंद बक्षी द्वारा लेखिएका ७०० बढी गीतमा लताले स्वर दिएकी छिन् ।