१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar किसानलाई तत्काल धान नकाट्न मौसम विभागको आग्रह News Polar पूर्वी नेपालतर्फ मौसम क्रमशः सुधार, पश्चिमी क्षेत्रमा आईतवारसम्म मौसमको प्रभाव रहने News Polar पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा News Polar एसियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्णपदक News Polar १३ देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी/सूचना आह्वान News Polar अविरल वर्षा रोकिएसँगै काठमाडौंको जनजीवन सामान्य बन्दै News Polar वर्षाले मुलुकभरका ११ राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित पाँच जना पक्राउ News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल

घरखेतमात्र बगाएन, जीवन समेत खोस्यो: सुस्ताबासी

घरखेतमात्र बगाएन, जीवन समेत खोस्यो: सुस्ताबासी
अ अ+ अ-

काठमाडौं । आधा शताब्दी भयो, सुस्तामा बस्ती बसेको । ०२२ सालमा आइपुगेका पाँच सयभन्दा बढी परिवारले सुस्ताको घना जंगललाई आवाद गराए । युगौँदेखिको बाँझो भूमिलाई तिनै परिवारले ऊर्वर बनाए । बालीनाली लगाएर हराभरा पारे । सुस्तामा आइपुग्ने पहिलो पुस्ताले निर्जन भूमिमा समाज बसायो । त्यसयताका चार पुस्ताले सम्पूर्ण जीवन सुस्तामै बिताएर यसलाई एउटा जीवन्त बस्ती बनाउन मिहिनेत गरिरहे । तर, यो नयाँ बस्तीको जीवनकथामा अनेक हन्डर ठक्करहरू जोडिएका छन् ।

आजसम्म आइपुग्दा यो सीमान्त बस्ती आफैँमा सास्तीको अर्को नाम भएको छ । नारायणी नदीमा गण्डक बाँध बनेपछि साँधमा अवस्थित यो भूमिका बासिन्दाले अनेकपटक अनेक दुःख झेलिरहेका छन् । ०२२ सालमा राजा महेन्द्रले बस्ती बसाउने भएपछि विभिन्न ठाउँबाट फरक–फरक रहनसहन भएका परिवारहरू सुस्ता आइपुगेका थिए । किशोर गुरुङले बसाइँ आइपुगेका ती पाँच सय परिवारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा सुस्ताको जंगल क्षेत्रलाई आवाद गरिएको थियो । यहाँ आइपुग्नेमध्ये भूपू–सैनिकहरूको संख्या उल्लेख्य थियो ।

विभिन्न जातजाति, धर्म, संस्कृतिका मानिसलाई सरकारी तवरबाटै जग्गा उपलब्ध गराइएको थियो । सरकार चाहन्थ्यो– साँधछेउ बस्ती बसाएर देशको सीमारक्षा हुन्छ । यहाँ आइपुग्नेहरूलाई पनि लागेको थियो– सुस्ता आवादीले उनीहरूको जिन्दगीका अप्ठ्याराहरूलाई सहज बनाइदिनेछ । तराईकै आदिवासी थारू, पहाडीमूलका दलित तथा जनजातिलगायतको समुदाय मिश्रित ढंगले यहाँ बसोबास गर्न थालेको थियो । बस्ती बसेसँगै सुनसान सुस्तामा मान्छेहरूको चहलपहल र आउजाउ बढ्दै गयो ।

०२२ सालमा आफ्नो परिवारसँगै नवलपरासीको पक्लिहवाबाट ११ वर्षको उमेरमा सुस्ता आइपुगेका बुद्धु खटिक भन्छन्, ‘यहाँ कस्तो रमाइलो हुन्थ्यो । घरैघर थिए । बजार थियो । सुस्ता त सहरैजस्तो पो थियो  ’ गाउँमै निम्न माध्यमिक तहसम्म पढाइ हुन्थ्यो । चिठी आदान–प्रदान गर्न हुलाक कार्यालय थियो । जनताको जिउधनको सुरक्षा गर्न प्रहरी पनि राखिएको थियो । प्रशासनिक र राजनीतिक इकाइका रूपमा सुस्ता गाउँ पञ्चायत थियो । ठूलो हाटबजार लाग्थ्यो । मान्छेहरू आफ्नो उब्जनी लगेर त्यहीँ बेच्थे र आवश्यक सामान किन्थे ।

भारतीय नागरिकहरूसमेत बजार भर्न सुस्ता आउने गरेको अनुभव सुनाउँछन्, खटिक । भन्छन्, ‘उनीहरू आफ्नो सामान पनि बेच्न ल्याउँथे । यहाँ हाम्रा गाउँलेले बेच्न राखेका सामानहरू किन्थे ।’ ०२२ सालदेखि नै सुस्तामा बस्दै आएका रामज्ञा मुसहरलाई पनि भारतीय नागरिक आफ्नो गाउँकै बजारमा किनमेल गर्न आउने गरेको सम्झना छ । ‘म दुई वर्षको हुँदा बुवाआमासँग यहाँ आएको हुँ, नवलपरासीको पक्लिहवाबाट ।

सानै भएकाले सुरुका वर्षहरूको याद छैन, तर पछिसम्म उनीहरू बजारमा आउने गरेको सम्झन्छु,’ उनी भन्छन्, ‘धान, मकै, गहुँ, तरकारी, नुन, मसलाहरू किनबेच हुन्थ्यो ।’ सुस्ता गाउँ पञ्चायतमा नौवटा वडा थिए । ०३१ सालमा यहाँका स्थानीयलाई सरकारले लालपुर्जा दिएको थियो । हुन त ०२७ सालमै लालपुर्जा दिने भनेर नापी कर्मचारी पुगेका थिए । तर, नापी विभागका कर्मचारीलाई भारतीय पुलिस प्रशासनले पक्राउ ग(यो र बेतिया जेलमा हालिदियो । १ वर्षपछि नेपाल–भारतको ‘को–अपरेसन’ मिटिङ बस्यो र ०२९ सालमा सुस्ताको जग्गा नापी भयो ।

सुस्ता गाउँ अघिल्तिरको नारायणी नदीको बहाव अहिलेजस्तो थिएन । मान्छे तर्न सक्थे, डुंगाको आवश्यकता नै पर्दैनथ्यो । मुसहर भन्छन्, ‘हाम्रो बुवाले खोला तरेरै गाईवस्तु चराउन ल्याउनुहुन्थ्यो रे । अहिलेको नारायणीमा साना–साना २ वटा भँगाला थिए रे । हुन त नारायणी नदी पछिसम्म पनि सानै थियो । बिस्तार–बिस्तार बढेर अहिले अथाहा भयो ।’ नारायणी नदीको किनारामा ठूलो गौचरन थियो । स्थानीयहरू सबैले गाईवस्तु पाल्थे र चराउनलाई नारायणी नदी किनारको गौचरन लैजान्थे । मुसहर भन्छन्, ‘अहिले हामी बसिरहेको ठाउँ पहिला गौचरन थियो । मान्छेहरू पहिला बस्ने गरेको नम्बरी जग्गा त अहिले भारतले अतिक्रमण गरिसकेको छ । केही त नदीले पनि काट्यो ।’

डुंगामा पार गर्न अहिले झन्डै आधा घन्टा लाग्ने नारायणी त्यतिवेला एकदमै सानो खोलो थियो । गण्डक ब्यारेज बनेपछि नारायणीले सुस्तालाई पीडा दिए पनि सुस्तावासी आत्तिएका थिएनन् । गाउँमा थोरबहुत सेवासुविधा उपलब्ध थियो । दुःखसुख साट्न मान्छेहरू थिए । ०३४ मा नारायणीमा उर्लिएको बाढीले सुस्ताको खुसी बगायो । ९ वडामा फैलिएको सुस्ता सोत्तर भयो । मुसहर ती दिन सम्झिन्छन्, ‘खेतको मकै घरमा ल्याउँदै थियौँ । ठूलो पानी पर्यो । एकैछिनमा बाढी उर्लिएर आयो । हामी त घरको छानोमा चढेर बाँच्यौँ । बाढी कम भएपछि डुंगा चढेर ठाँडीघाट गयौँ ।’

नारायणीको बाढीले मुसहर परिवारका ६० वटा त गाइगोरु नै बगायो । २५ वटा बाख्रा थिए, ती पनि लग्यो । घर र खेतभरि थुपारिएको मकै पनि खोलाले बगायो । मुसहर परिवारको मात्र हैन, बाढीले सारा गाउँलेको जायजेथा नै बगायो । सुस्ताका बासिन्दा खोलावारिको नेपाल आए । सरकारले रासन, लत्ताकपडा दियो । बाढीपीडितहरूले नजिकैको केउलानी, पर्सैया, ठटियातिर जंगल फाँडे । जग्गा पाइने आशाले दिनरात नभनी बाढीपीडितले जंगल फँडानी गरे । तर, नागरिकता हुनेले मात्रै जग्गा पाए । नहुनेको बसोबास बिचल्ली भयो । जग्गा नपाउनेहरू पुनः सुस्ता फर्किन बाध्य भए ।

मुसहर भन्छन्, ‘सुरुमा हामी ३५ घर फर्किएका थियौँ । अहिले त बढेर २६६ घर पुगिसकेका छौँ ।’ पुरानो चहलपहलसहितको सुस्ता सखाप बनिसकेको थियो । उब्जाउ जग्गा बालुवाले ढाकेको थियो । त्यहीँ मान्छेहरूले सानातिना झुप्रा बनाए । तरकारी उब्जाए । पहिलाजस्तो उब्जनी हुँदैनथ्यो । उब्जिएको तरकारी बेच्न उनीहरू भारतका बजार जान थाले ।सुस्तामा बिस्तारै बिस्तारै मान्छेहरू थपिन थाले । पहिलाजस्तो नभए पनि एउटा गाउँ तयार भयो । ०३६ सालको चुनावअघि सुस्तालाई त्रिवेणीमा लगेर गाभियो । सुस्तालाई ४ नम्बर बनाएर त्रिवेणी–सुस्ता गाउँ पञ्चायत निर्माण गरियो ।

पहिलेका सेवासुविधाहरू केही पनि भएनन्, सुस्तासँग । न बजार थियो, न पुलिस । बस्, चकमन्न ठाउँ थियो । त्यसपछिका दिनहरूमा सुस्ताका जनता लामो समयसम्म कहिले बाढी, कहिले भारत त कहिले आफ्नै राज्यबाट पीडित बनिरहे । यो गाउँलाई ०३४ सालपछि पनि बाढीले तनाब दिन छाडेन । सानातिना बाढी गाउँमा पसिरह्यो । खटिक भन्छन्, ‘बाढी त सधैँ पसिरह्यो, तर उठिबासचाहिँ लगाएन ।’०६० चैत्रपछि यो बस्तीले एसएसबीको हैरानी सहनुपर्यो । किनकि, भारतले सुस्ता छेउछाउ एसएसबी खटायो । एसएसबीले दिएको पीडा यहाँका बासिन्दाले निरन्तर सहनुपर्यो ।

एसएसबीले घर–घरमा आएर गाली गथ्र्यो, थर्काउँथ्यो । मुसहर भन्छन्, ‘इन्डियामा आएर किन बसेको भन्दै एसएसबीले घरमै आएर गाली गथ्र्यो । मुख छाडेर मनपरि बोल्थ्यो । हाम्रो गाउँका धेरैले कुटाइसमेत खाएका छन् ।’महिलाहरूलाई हातपात गरेको मुसहरले धेरैपटक देखेका छन् । उनको छोराले पनि एसएसबीको कुटाइ खानुपरेको थियो । ‘बजार गएका वेला मेरो छोरालाई निलडाम रहने गरी कुटेको थियो । आफ्नै जग्गामा हिँड्दासमेत पिटाइ खाइन्थ्यो,’ उनले भने ।

०६२ मा एसएसबीले उखुबारीमै आगो लगाइदिएको घटनाले अहिले पनि सुस्तावासीको मन कुँडिएर आउँछ । ठूलो भूमिमा लगाइएको उखुबारीमा एसएसबीले आगो लगाइदिएको थियो । सुस्ता संघर्ष समितिका अध्यक्ष भन्छन्, ‘मान्छेले कति हैरानी गरेर उखु रोपे, त्यसैबाट आएको कमाइले खानुपथ्र्यो । तर, कलिलै उखुमा उनीहरूले आगो झोसिदिए र सोत्तर बनाइदिए ।’ सुस्तावासीका घरमा आउनु, थर्काउनु भारतीय एसएसबीका लागि सामान्य थियो । आफ्नै भूमिमा घर बनाउँदासमेत एसएसबीले थर्काउने गरेको छ । ४ वर्षअघिको घटना हो, स्थानीय रवीन्द्र जैसवाल आफ्नो जग्गामा घर बनाउँदै थिए ।

भारतीय एसएसबी आएर थर्कायो, ‘विवादित भूमिमा किन घर बनाइस् । जति बनाएको छ, अब भत्का ।’ यस्ता गालीगलौज सुस्तावासीले एसएसबीबाट धेरै नै सुन्नुपरेको विगत सुनाउँछन्, उनी । भन्छन्, ‘हाम्रो आफ्नै भूमिमा जानसमेत एसएसबीको अनुमति लिनुपर्छ ।’ नेपालकै भूमिमा बनाएको कल्भर्टका बारेमा ०७५ भदौमा सुस्तामा एसएसबी र सुस्तावासीबीच ठूलो विवाद भयो । एसएसबीले कल्भर्ट बनाउन बन्द नगरे गोलीले उडाइदिने समेत धम्की दिए । जैसवालले भने, ‘मलाई त उनीहरूले गोलीले उडाइदिने भने ।

तर, मरे पनि कल्भर्ट बनाइछाड्ने बतायौँ हामीले । जहाँ कल्भर्ट बनायौँ त्यो खोला विवादित जग्गा हैन । बरु त्यो नेपालकै भूमि हो । हाम्रो भूमि मिच्दै आउने अनि विवादित भूमि हो भन्ने ?’ ४० हजार ९ सय ८० हेक्टरमा फैलिएको पुरानो सुस्ता अहिले ७ हजार हेक्टरमा मात्रै सीमित भएको छ । अहिले सुस्ताको गाउँबाट १७ किलोमिटर दक्षिणसम्म थियो सुस्ताको सिमाना । तर, अहिले डेढ किलोमिटर परसम्म पनि बाँकी छैन । गुरुङ भन्छन्, ‘अहिले त सीमा स्तम्भ छैन, जंगेपिलर छैन । त्यो बनाउनुपर्छ । हाम्रो माग यही हो ।’

नेपालीकै भूमि भए पनि १९ हजार ९ सय ८० हेक्टर भारतले अतिक्रमण गरिसकेको छ । सुस्तामा ०६३ कात्तिकबाट सेना बस्न थालेपछि भने एसएसबीको ज्यादती कम भएको अनुभव छ, स्थानीयहरूको । नयाँ पत्रिका