४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो

‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो
अ+ अ-

काठमाडौं । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबार देखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।

मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ ।

चलचित्रले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै हलबाट रुँदै निस्कन बाध्य बनाएको छ।

प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगेका थिए ।

चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ । अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए चलचित्रले धरधरी रुवायो।

सिनेमाका मुख्य कलाकार विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली हल हल पुग्दा यस्तो देखिन्थ्यो अहिले दर्शकहरूले तिहारको देउसी भैलोभन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ को गहिरो प्रभाव महसुस गरिरहेका छन्।

सिनेमाले कथाको गहिराइ र सांस्कृतिक पक्षप्रति दर्शकको भावनालाई यसरी छुन्छ कि दर्शकहरू हलबाट रुँदै निस्कन्छन्,  दर्शकहरूको प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’अपेक्षा गरेभन्दा बढी राम्रो रहेको संकेत दिएको छ। यसले चलचित्रका लागि अब्बल ‘वर्ड अफ माउथ’मा साथ दिएको छ ।

सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने धेरैको विश्वास छ। चलचित्रले दर्शकको मन जित्न सफल भएकोले आगामी दिनहरूमा यसले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ।

बाबु-छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व  समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ। निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ। यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन् ।

सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा र आलिशा बास्तोलाको अभिनय देख्न पाइन्छ।

सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमा मा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।