९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी



अ+ अ-

काठमाडौँ। भारतको पूर्वी राज्य बिहारको सासाराम रेल्वे स्टेशनमा एउटा यात्रुवाहक रेलमा आगलागी भएको छ ।

बिहारको राजधानी पटनाबाट करिव १५७ किलोमिटर पश्चिममा अवस्थित उक्त स्टेशनमा रेलको एउटा डब्बामा अचानक आगो लागेको अधिकारीहरूले जनाएका छन् ।

यस दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको बताइएको छ । रेलमा अचानक आगो सल्किएपछि प्लेटफर्ममा रहेका यात्रुहरूमाझ केही बेर भागदौड र त्रास फैलिएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार विद्युत सर्टका कारण आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको अधिकारीहरूले उल्लेख गरेका छन् । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल