७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीन–अमेरिका एआई संवादले बढायो अन्तर्राष्ट्रिय चासो



फाइल तस्बिर
अ+ अ-

काठमाडौँ। चीन र अमेरिकाबीच कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी विषयमा सरकारी स्तरमा संवाद गर्ने सहमति भएको छ ।

चिनियाँ सरकारी समाचार संस्थाका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको चीन भ्रमणका क्रममा दुवै देशका शीर्ष नेतृत्वबीच कृत्रिम बुद्धिमत्ताको विकास, उपयोग तथा यसको उचित व्यवस्थापनबारे सौहार्दपूर्ण र रचनात्मक छलफल भएको थियो । उक्त छलफलले भविष्यमा दुई देशबीच यस महत्वपूर्ण प्रविधि क्षेत्रमा सहकार्यलाई अझ सुदृढ बनाउन सक्ने सङ्केत दिएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा जानकारी दिँदै चीन र अमेरिका विश्वका अग्रणी कृत्रिम बुद्धिमत्ता शक्तिहरू भएकाले यस प्रविधिको जिम्मेवार विकास र व्यवस्थापनमा सहकार्य अत्यन्त आवश्यक रहेको बताउनुभएको छ ।

उहाँका अनुसार कृत्रिम बुद्धिमत्ता केवल प्रविधिगत प्रगतिको विषय मात्र नभई मानव सभ्यताको समग्र उन्नति, विश्वव्यापी शासन प्रणाली र अन्तर्राष्ट्रिय समुदायको साझा हितसँग सम्बन्धित महत्वपूर्ण क्षेत्र हो ।

उहाँले दुवै देशले मिलेर कृत्रिम बुद्धिमत्ताको सुरक्षित, पारदर्शी र लाभदायक प्रयोग सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो । साथै, यस्तो संवादले अन्तर्राष्ट्रिय स्तरमा कृत्रिम बुद्धिमत्ता सम्बन्धी साझा समझदारी र मान्यता विकास गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

यस पहललाई कृत्रिम बुद्धिमत्ताको जिम्मेवार विकासतर्फको महत्वपूर्ण र सकारात्मक कदमका रूपमा हेरिएको छ, जसले यसको सम्भावित जोखिम न्यूनीकरण गर्दै मानव हितमा यसको अधिकतम उपयोग सुनिश्चित गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । (रासस/सिन्ह्वा)