१६ भाद्र २०८३, मंगलवार
,
Latest
सभामुख अर्यालद्वारा एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा प्रदान गर्ने निर्णय त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त मुख्यमन्त्री भट्टद्वारा सेती प्रादेशिक अस्पतालको अनुगमन रसुवा बाढीपछि हराइरहेकामध्ये छ जना सम्पर्कमा बाढीपीडितलाई भानुद्वारा पाँच लाख, शिक्षक र कर्मचारीबाट ३६ लाख जुटाइने टनेल रेस्क्युमा काम भईरहेको छ, प्रगति हुन सकेको छैन:प्रवक्ता पौडेल बाढीका मृतकको शव व्यवस्थापनमा चुनौतीः काठमाडौंमा पनि जमिनमुनि व्यवस्थापन शुरु अवरुद्ध चीनको तिब्बतस्थित केरुङ नाका जोड्ने राजमार्ग सञ्चालनको अन्तिम चरणमा बाढी पीडित भन्छन्–‘राज्यले कम्तीमा शव पहिचान र दाहसंस्कारको वातावरण मिलाइदिए मात्रै पनि अलिकति भएपनि शान्ति… रसुवा बाढीः १ हजार १० जनाको शव फेलाः३९ देशका करिव ५९० जना विदेशी नागरिक अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार चार प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान



फाइल फोटो
अ+ अ-

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यमसम्मको वर्षा हुने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।

आज मङ्गलबार राति गण्डकी प्रदेश लगायत कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा साथै मधेस प्रदेश लगायत कोशी, बागमती प्रदेशको तराई भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागको एक, दुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना छ ।

यसैगरी, पर्सी बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागको केही स्थानमा, मधेस प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एक, दुई स्थानमा मध्यम वर्षा-हिमपातको सम्भावना छ ।

भोलि र पर्सी सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिन हुने सम्भावना छ ।