काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शितल निवासमा मंगलबार साँझ आयोजित कार्यक्रममा प्रधानन्यायाधीश शर्माले आफ्नो पद तथा गोपनीयताको शपथ लिएका हुन् । राष्ट्रपति पौडेलले शर्मालाई आजै नै प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन शाह , सभामुख डोर प्रसाद अर्याल् , राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख, मन्त्रीहरू, सर्वोच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।











