३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अब सत्ता केन्द्रीत नभई जनता केन्द्रीत भई राजनीति गर्ने: अध्यक्ष थापा

अब सत्ता केन्द्रीत नभई जनता केन्द्रीत भई राजनीति गर्ने: अध्यक्ष थापा
अ+ अ-

पोखरा । कम्युनिस्ट बिचार बोकेर काँग्रेसले कम्युनिस्टलाई हराउन नसक्ने भन्दै काँग्रेस र कम्युनिस्टको विकल्प राप्रपा भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दाबी गरेका छन् । आज पोखराको बिरौटामा आयोजित कास्की–२ को उपनिर्वाचन प्रचार अभियानको क्रममा सभालाई सम्बोधन गर्दै थापाले बिगतमा आफूहरुबाट भएका त्रुटि र कमजोरीबाट पाठ सिक्दै सच्चिएर अघि बढ्ने समेत प्रतिबद्धता ब्यक्त गरे ।

‘राप्रपाले आगामी दिनमा जनता केन्द्रित, संगठन केन्द्रित सिद्धान्त केन्द्रित राजनीति गर्नेछ’ भन्दै थापाले भने, ‘सत्ताकेन्द्रीत राजनितीलाई महत्त्व नदिई आदर्शको राजनीति गर्छौंँ ।’ मुलुकमा व्याप्त विकृति, बिसङ्गति, ब्रम्हलुटको विपक्षमा उभिन पोखरेली जनतालाई आग्रह गर्दै थापाले वाइडबढी, तेत्तीस क्विन्टल सुन, बालुवाटार जग्गा, एनसेल कर छली प्रकरणलाई बल पुग्ने गरि काँग्रेस कम्युनिस्ट नरोज्न मतदातालाई अनुरोध गरे ।

विधिको शासन, बेरोजगारी समस्या र भ्रष्टाचारको अन्त्य, स्वाधिनताको रक्षा र सिमाको सुरक्षा चाहनेले राप्रपाजस्तो राष्ट्रबादी शक्ति रोज्न आग्रह गर्दै उनले धर्म, संस्कृतिको नास गर्नेहरु सँग सतर्क रहनुपर्ने विचार व्यक्त गरे । राजनीतिक परिवर्तनले धर्मान्तरण र विदेशी प्रभाव अनि दबाब मात्र बढाएको भन्दै राष्ट्रियता कमजोर भएको पनि उनले टिप्पणी गरेका थिए ।

कार्यक्रममा उपाध्यक्ष तथा पूर्व मन्त्री तोरण बहादुर गुरुङ, प्रदेश अध्यक्ष हेमजङ्ग गुरुङ ,सहायक महामन्त्री मदन बहादुर कार्की, विन्दु पहारी, केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन संयोजक जयलाल पुन लगायतले धारणा थिए ।