काठमाडाैँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले तीन जनाको नाम सरकारसमक्ष सिफारिस गरेको छ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लको नेतृत्वमा रहेको समितिले डा नबराज अधिकारी , बिनयदेब आचार्य , मुकुन्द कुमार क्षेत्री र डा गोपाल प्रसाद भट्टलाई बोर्ड अध्यक्ष पदका लागि सिफारिस गरेको हो।
यसअघि सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गुणाकर भट्टको नेतृत्वमा सिफारिस समिति गठन गरेको भए पनि उनले राजीनामा दिएपछि सो जिम्मेवारी डा. मल्ललाई दिइएको थियो।
समितिमा अर्थसचिव घनश्याम उपाध्याय र विज्ञ भुवनकुमार दाहाल सदस्यका रूपमा रहेका थिए।












